शैलेन्द्र थापा
काठमाडौ – बालाजू होटल व्यवसायी संघको १८ ओै वार्षिक साधारण सभा तथा बनभोज कार्यक्रम सफल भ्यालि भ्यु रिसोर्ट नैकापमा सम्पन्न भएको छ।
कार्यक्रममा सभापति टिका बहादुर रायमाझी, प्रमुख अतिथी नेपाल पर्यटन बोर्डका बरिष्ट निर्देशक हिक्मत सिंह ऐर,
बिशिष्ट अतिथी बरिष्ठ उपाध्यक्ष होटल व्यवसायी महासंघ शेर हादुर थापा,बिशिष्ट अतिथी संरक्षक अमृत भुजेल , होटल व्यवसायी महासंघ नेपाल,बिशिष्ट अतिथी होटल तथा पर्यटन व्यवसायी संघ बागमति प्रदेश अध्यक्ष दामोदर नेपाल,बिशिष्ट अतिथी शैलेश कार्की , अध्यक्ष जिल्ला होटल व्यवसायी संघ काठमाडौं,अतिथि एरिया सेल्स म्यानेजर मिराज अधिकारी, गोर्खा ब्रुअरी र काठमाण्डौका सम्पूर्ण ईकाईका अध्यक्ष तथा प्रतिनिधी हरूको उपस्थितिमा कार्यक्रम सञ्चालन संघका सचिव शैलन्द्र विक्रम थापाले गर्नुभएको थियो।
स्वागत भाषण उपाध्यक्ष कोक बहादुर रसायलीले गर्नुभयो भने शेर हादुर थापाले व्यवसायीहरू एक भएर अँगाडी बढ्ने आह्वान गर्नुभएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथीले पर्यटन प्रवर्धनमा सहयोग गर्ने, फुड फेस्टिभल, व्यवसाय प्रवर्धदनक तालिमको योजना लिएर आए बोर्डको तर्फवाट पूर्ण रूपमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभयो ।
