३१ वैशाख २०८३, बिहिबार
३१ वैशाख २०८३, बिहिबार

प्रचण्ड र ओलीबीच ३ घण्टासम्म छलफल

unn.prixa.net

रबि खनाल

काठमाण्डाै

नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्यको हल्ला चलिरहेको बेला आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

हिजो लामै समय छलफल गरेका प्रचण्ड र ओलीबीच आज पनि झन्डै तीन घण्टा एक्लाएक्लै छलफल भएको छ । छलफलमा अहिलेको सत्ता समीकरण कसरी बलियो बनाउने, शान्ति प्रक्रिया कसरी टुङ्गोमा पुर्‍याउने, बजेटको प्रभावकारी कार्यान्वयन गरेर आर्थिक अवस्थामा कसरी सुधार ल्याउने लगायतका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

एमाले र कांग्रेसबीच नयाँ समीकरण बन्न लागेको हल्लालाई प्रधानमन्त्रीको सचिवालयले गलत भएको दाबी गरेको छ । गएको शनिवार कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच बालकोटमा साढे दुई घण्टा लामो छलफलपछि माओवादी झस्किएको छ ।

कांग्रेसका नेताहरूले एमालेसँग चाँडै समीकरणबारे सहमति हुने बताउँदै आएका छन् । उज्यालोसँगको कुराकानीमा कांग्रेसका नेता मीनेन्द्र रिजालले अब एमाले र कांग्रेस मिलेर अघि बढ्ने, संविधान संशोधन गरेर निर्वाचन प्रणाली सुधार्ने र साना दलको कारण सत्ता अस्थिर हुने अहिलेको अवस्था बदल्ने विषयमा सहमति हुन लागेको बताउनुभएको छ । लामो समय प्रयास गर्दा पनि सफल नभएको तर यसपटक कांग्रेस र एमालेबीचको सहकार्य सफल हुने रिजालको दाबी छ ।

तर एमाले र माओवादीका नेताहरूले भने दुई जना नेताहरू बीचको छलफललाई बढाइचढाइ गर्न उचित नहुने तर्क गरेका छन् । आजको संसद् बैठकमा माओवादीका सांसद माधव सापकोटाले नेताहरू भेटेकै विषयलाई लिएर सत्ता समीकरण फेरिने हल्लाको पछि लाग्न नहुने बताउनु भएको छ ।

“उज्यालो ”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै