बागलुङमा पहिरोले बगायो घर बास सहित दम्पती

प्रसान्त खनाल

बागलुङ

बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा एक दम्पती घरसहित पहिरोमा पुरिएका छन् । शनिबार बिहान ३ बजे अविरल वर्षको कारण घरमाथिबाट आएको पहिरोले घरसहित बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती पुरिएका वडाअध्यक्ष तेज प्रसाद सापकोटाले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कंडेलले ३सय मिटर माथिबाट आएको पहिरोले विकको घरसहित दम्पती पुरिएको बताए । घटनास्थलमा प्रहरी पुगेर खोजीकार्य सुरु गरेको प्रहरी उपरीक्षक कंडेलले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

त्यस्तै पहिरोको कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।

कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै