गुल्मीको मालिकामा पहिरोमा पुरिदा एकै परिवारका ५ जनाको ज्यान गयो

प्रसान्त खनाल

गुल्मि
गुल्मी मालिका गाउँपालिका-६ अर्जेमा पहिरोले घर पुरिँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ । शुक्रबार रातिको अविरल बर्षाको कारण आएको पहिरोमा परेर अर्जे ठाँटीपोखरीका यम बहादुर विक भन्ने भेष बहादुर कामीको घर पुरिएको थियो ।
पहिरोमा पुरिएका घरमुली ५५ बर्षका भेष बहादुर विक, उनकी श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी ८ वर्षीया सपना र ८ महिनाकी विपना विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिए।

उक्त स्थानमा प्रहरी र स्थानीय उद्दारको लागि निरन्तर लागिरहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै