अविरल वर्षातको तान्डपले १२ घण्टा भित्र ११ जनाको मृत्यु

लीलामणि पोखरेल

 काठमाडौ

देशभर चट्याङ लागेर हालसम्म ७ जनाको ज्यान गएको छ । कैलालीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

बुधबार बिहान परेको चट्याङ लागेर धनगढी उपमहानगरपालिका र जोशीपुर गाउँपालिकाका एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहोराले धनगढी उपमहानगरपालिका–१८ एफ गाँउका २७ वर्षीय शालिम चौधरी र जोशीपुर गाउँपालिका–३ का ३१ वर्षीय जयराम डगौराको चट्याङ लागेर मृत्यु भएको बताए ।

उनका अनुसार आफ्नै घर नजिक रहेको खेतमा रोपाई गर्ने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

जोशीपुरका डगौरालाई खेतमा आली बनाउने क्रममा चट्याङ लागेको थियो । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा मृत्यु भएको हो ।

चट्याङ लागेर अन्य ६ जना गम्भीर घाइते भएका छन् । विद्यालय जाने क्रममा घोडाघोडी नगरपालिका–९ बुदेनीमा तीन बालिका घाइते भएका छन् । घोडाघोडी–९ की ९ वर्षीया सरस्वती भुल, ७ वर्षीय पारु कठात र १० वर्षीया खिमा कठातलाई थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ ।

यस्तै जानकी गाउँपालिका–बेलपुर बस्ने २९ वर्षकी रिता कठरिया, सोही ठाउँकी २३ वर्षीया सुस्मा डगौरा र भजनी नगरपालिका– ६ बस्ने वर्ष ५५ का रामबहादुर चौधरी पनि घाइते भएका छन् ।

उता, चट्याङ लागेर कपिलवस्तुमा दुईजनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका–१० धनकौली १७ वर्षे राजु ठाकुर र यशोधरा गाउँपालिका–६ भैइसहियाका २२ वर्षे महेश कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक महेशविक्रम शाहीले बताए ।

बुधबार बिहान साढे ७ बजेतिर खेतमा काम गर्दैगर्दा चट्याङ लागेर दुवैको मृत्यु भएको हो ।

रोल्पामा पनि चट्याङले २ जनाको मृत्यु भएको छ । बिहान चट्याङ पर्दा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–३ का दुई महिलाको ज्यान गएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहरी–३ बाहिरीगामस्थित दाङ्जा गाउँका २२ वर्षीया जैता घर्ती मगर र १४ वर्षीया गोमाला घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको हो । प्रहरीले चट्याङ पर्दा एउटै घरभित्र सुतेका नन्द भाउजु नाता पर्ने दुई महिलाको मृत्यु भएको जनाएको छ ।

मृतकको शव सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि ल्याइएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले बताए ।

यस्तै लमजुङमा पनि एकजनाको मृत्यु भएको छ । क्व्होलासोथार गाउँपालिका–७ तल्लो चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेलको मृत्यु भएको वडाअध्यक्ष लक्षुमन गुरुङले जानकारी दिए ।

मंगलबार राति २ बजेतिर पिसाव फेर्न भनी बाहिर निस्केको बेलामा चट्याङले लागेर उनको मृत्यु भएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै