अर्घाखाँची
श्री आदर्श सामुदायिक सिकाइ केन्द्र मालारानि ३ ले एक कार्यक्रमका साथ नगद, शैक्षिक सामाग्री र बिधालयको ड्रेस वितरण गरेको छ।
अर्घाखाँची जिल्लाको मालारानि गाउँपालिका ३ खनदहमा रहेको आदर्श सिकाइ केन्द्रले शारीरिक रुपमा अशक्त अति बिपन्न साथै बिधालयमा पठनपाठन गर्न अटेराइ गर्ने स-साना नानिबाबु र उनीहरुका अभिभावक हरुलाइ समेत उपस्थिति गराइएको थियो भने उक्त सामाग्री वितरण एकदिने प्रशिक्षणात्मक कार्यक्रम सहित वितरण गरिएको सदस्य सचिव पुनले सुनौलो न्यूज डटकम लाइ जानकारी दिनुभयो !

कार्यक्रममा केन्द्रका अध्यक्ष राजेन्द्र सुनार को अध्यक्षता कार्यलय सचीव एवम् कर्मचारी तारा पुनको संचालन श्री आदर्श माविका प्रधानाध्यापक भेषराज खनालको प्रमुख आथिथ्यता र प्रशिक्षक दोए उक्त बिधालयका सहायक प्रधानाध्यापक विस्नु पोखरेल र शिक्षक विष्णुबहादुर खनाल द्वारा प्रशिक्षण गराइ सप्पन्न भएको छ।
