एमाले अर्घाखाँची जिल्ला भरका वडास्तर बाट एकैदिन ५६६ प्रतिनिधि छनोट हुँदै

 

लिलामणि पोखरेल

अर्घाखाँची ,

नेकपा एमाले केन्द्रिय कार्यसमितिको सर्कुलेशन साथै अर्घाखाँची जिल्ला कार्यसमितिको निर्णय अनुसार ०८१ जेष्ठ  १९ सनिवार जिल्लाभरका ६१ वडा, ४ शाखा र २१जनसंघठन हरुका वडा स्तरका पार्टी कार्यलय हरुमा एकैदिन – एकैपटक आज प्रतिनिधि छनोट हुँदै छन।

यश कार्यक्रममा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरु आआफ्नो वडाको पार्टी कार्यलय उपस्थित भै सकभर सहमति यदि असम्भव भएमा लोकतान्त्रिक विधि प्रक्रियाको अबम्बन गर्दै प्रतिनिधिहरु छनोट हुने एमाले जिल्ला पार्टी कार्यलय सचीव लीला बरालले सुनौलो न्यूज डटकम लाइ जानाकारी दिए । साथै जिल्लाभरका वडा र संघसंगठन हरुबाट छनोट हुने प्रतिनिधि हरुले जेष्ठ २६/२७ गते जिल्ला अधिबेशनको लागि  पार्टिको बिधान अनुसार आधिकारिक र निर्णायक भुमिका निर्वाह गर्ने छ्न ।

यश प्रतिनिधि छनौट कार्यक्रम बाट अर्घाखाँचीका सबै स्थानबाट ५६६ प्रतिनिधि हरु छनोट भै जिल्ला अधिबेशनको लागी अगाडि जाने सचीव बराल ले जनाए ।

यश दौरान सुनौलो न्यूजले केहि वडाहरुका पार्टी अध्यक्ष ज्युहरु संग प्रत्यक्ष वा फोन सम्पर्क गरि जानकारी लिए अनुसार पार्टीको सदस्यता लिएका क्रियाशिल सदस्य ज्युहरुको गणितीय हिसाबले तत-तत वडाहरुबाट संख्याको आधारमा प्रतिनिधिहरु चयन हुनेछन ।

तदअनुसार नेकपा एमाले मालारानी ३ बाट पार्टी सदस्यताको आधारमा ८ जना छनोट हुने पार्टी अध्यक्ष डण्डपाणि पोखरेलले बताए।

त्यस्तै मालारानी ४ खन बाट भने १४ जना प्रतिनिधि छनोट हुने मालारानी ४ पार्टी अध्यक्ष बलराम भुसालले बताए । नेकपा काएमाले जिल्लाकार्य समितिको सचिवालय भित्रका ५ जना पदेन स्वत प्रतिनिधि छनोट हुने अरु सबै निर्वाचित हुनुपर्ने पार्टिको बिधानमा उल्लेखित रहेको छ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै