रुपन्देहीको सुद्धोधनमा क्लोथ बैंक सञ्चालन हुने

रुपन्देहीको सुद्धोधनमा क्लोथ बैंक सञ्चालन हुने भएको छ। सुद्धोधन गाउपालिका ,रुपन्देही र क्लोथ एण्ड फूड बैंक नेपाल बीच आज क्लोथ बैंक सञ्चालन गर्ने संझौता भएको हो ।क्लोथ एण्ड फूड बैंक नेपालको आयोजना, सुद्धोधन गाउपालिकाको सहकार्यमा क्लोथ बैंक सञ्चालन गर्न लागिएको गाउपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालले बताउनु भयो । उहाले मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ सुरु हुने यो अभियानले गाउपालिका बासीको हित हुने विश्वास ब्यक्त गर्नु भयो । गाउपालिकाको उपयुुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरु लाइ पुन प्रशोधन रि- साइकल गरि आवश्यकताका आधारमा वितरण गरिनेछ ।

क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ। क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सीले देशका सातै प्रदेशमा यो अभियान सञ्‍चालन हुने बताए । देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे। मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्‍ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवा लिन सकिने उहाले बताउनुभयो ।
फागुन ०५ गते लुम्बिनी प्रदेशको बुटवल उपमहानगरपालिकाबाट यो अभियानको औपचारिक सुभारम्भ भइ हालसम्म काठमाडौंको टाेखा नगरपालिका , रुपन्देहीको कन्चन गाउपालिका र रुपन्देहीकै देवदह नगरपालिकामा पनि कपडा बैंकको औपचारिक सुभारम्भ भैसकेको छ साथै देशका विभिन्‍न उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरूलाई पुनः प्रशोधन मार्फत आवश्यकताका आधारमा वितरण गरिनेछ ।

क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १५४ स्थानिय सरकार यो अभियानमा जोडिएको सम्झौतामा समारोहमा अध्यक्ष कमल जि.सीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै