
लीलामणि पोखरेल
काठमाडौ ,त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएको छ। ८ वर्ष अगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनु पर्ने वाध्यता थियो।

कलेजो प्रत्यारोपणको नेतृत्व गर्नुहुने प्राध्यापक डा. रमेशसिंह भण्डारी हुन।
उहाँहरूले नुवाकोटका ४१ वर्षीय बिरामीलाई बिरामीकी श्रीमतीको कलेजो प्रत्यारोपण गर्नु भएको थियो । प्राध्यापक डा. भण्डारीले आज बताउनु भए अनुसार कलेजो प्रत्यारोपित बिरामीको श्रीमान श्रीमती नै आज डिस्चार्ज भैसक्नु भएको छ।
