प्रेम बुढाथोकी
सुनौलो समाचारदाता
अर्घाखाँची” मिति २०८०/१०/०७ गते देखि २०८०/१०/१० गते सम्म संचालित चौधौं रास्ट्रपति रनिङ शिल्ड गाउँपालिका स्तरीय छनौट प्रतियोगिता -२०८० मा सहभागी किरण मा.वी ले मालारानी गाउँपालिका बाट निम्नानुसारका खेलकुदहरुमा ४ स्वर्ण ,५ रजत र २ कास्य पदक सहित हाम्रो यस विद्यालय मालारानी गाउँपालिकामै सान्त्वना स्थान प्राप्त गर्न सफल भएका छन् ।

खेललाई यो स्थान सम्म पुर्याउन सहयोग पुर्याउनुहुने खेल आयोजक टिम, खेल शिक्षक , विद्यार्थी खेलाडीहरु , प्रधानाध्यापक शिक्षकहरु,विद्यार्थीहरु वि.ब्य.स समितीका पदाधिकारी अभिभावकहरु सम्पुर्णमा हार्दिक धन्यवाद प्रकट गर्दै आगामी दिनमा थप प्रगतिको कामनाका साथ आज मिति २०८०/१०/११ गतेका दिन विद्यालयलको आयोजनामा
बिध्यालय ब्यबस्थापन समितिका का बा अध्यक्ष देव बहादुर बुढाथोकी को अध्ययता मालारानि चार का वडा अध्यक्ष बिष्णु प्रसाद पोखरेलको प्रमुखआतिथ्यता अतिथि खेल प्रशिक्ष सन्दिप बिस्वकर्मा पुर्व शिक्षक दामोदर सेजवाल ब्यबस्थापन समितिका सदस्य सहभागी खेलाडी विद्यार्थीहरु तथा खेल शिक्षकलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो।

तपशिलमा :-
खेलको नाम पदक
२०० मि. दौड (छात्रा) – प्रथम
१५०० मि.दौड (छात्रा) -प्रथम
३००० मि. दौड (छात्रा) -प्रथम
हाइजम्प (छात्रा) -प्रथम
४×४०० मि.रिले दौड ( छात्रा) -द्वितीय
३००० मि.दौड (छात्र) -द्वितीय
भलिबल (छात्रा) -द्वितीय
कपर्दी (छात्रा) -द्वितीय
८०० मि. दौड (छात्रा) -द्वितीय
लङजम्प (छात्र) -तृतीय
सटपुट (छात्रा) – तृतीय
