
काठमाडौ
सुनौलो सम्बादाता
नेपाली मुद्रा तीन करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ, ‘विभिन्न १७ देशका विदेशी मुद्राहरु गरेर नेपाली ३० लाख ९२ हजार ४०६ रुपैयाँ साथै विभिन्न ब्राण्डका मोबाइलहरु मात्रै १४ वटा, आइप्याड र ट्याबहरु ५ वटा अनि अचाक्ली महँगो ५ करोडको ल्यान्डक्रुजर चड्नु केहित दर्शाउन सक्छ अनुसन्धानको विषय बन्नु स्वभाविक होला यहाँ बमजन को हुन चासोको विषयमा कहिल्यै थिएन तर जब बम्जन भात पानी त्यागेर ध्यानमा थिए। तब यी साँच्चिकै ध्यानी हुन कि फटाहा भनेर नेपाल, भारतको प्रमुख मिडिया, बिबिसी मिडिया, पत्रकार अनि अन्तरासष्ट्रीय मिडियाले समेत यिनी ध्यान गरेर बस्दा कैयौं दिनसम्म दिनरात क्यामेरा तेर्साउन भ्याएको थिए ।
तर यिनी विरुद्ध कहिले कसैले केही फेला पार्न सकेनन् ।
यिनले लुकि लुकि खान्छन कि नाई भनेर अन्तर्राष्ट्रिय मिडियाले त कति दिन क्यामेरा तेर्साएरै खिच्या थियो । तर रिजल्ट केही आएन ।
बम्जन भनेको तामाङ सम्प्रदाय ।
किराँत समुदायमा इसाईको पहिलो टार्गेट थियो तामाङ । किनभने धेरै बौद्धिस्ट लामाहरू तामाङ थिए । बोमजनले साँच्चै ध्यान गरेर स्वयंलाई बुद्ध भएको प्रमाणित गरायो भने तामाङ सम्प्रदायलाई सिध्याउन इसाईको जुन लगानी थियो। त्यो सबै खेर जानेवाला थियो । त्यसैले उनी विरुद्ध दुनिया कथा कहानी रचियो। बम्जनलाई त्यहाँबाट भाग्न बाध्य बनाईयो । बौद्ध ग्रन्थ अनुसार नै ध्यान साधना गरेर बुद्ध त जो कोहि नि बन्न सक्थ्यो ।
किनभने बुद्ध कुनै व्यक्ती होईन लिखित शास्त्र मात्र पढेर नि बुद्धत्व प्राप्त हुने होईन साधना मार्फत नव चेतनाको ज्ञान प्राप्ती गरेर पाईने पद हो, समग्रमा चेतना वृद्धिको एक तह हो बुद्धत्व प्राप्ती ।
त्यसैले त्यहाँसम्म पुग्न नदिन बम्जनको चरित्र हत्या गरियो सिधा सोझो तामाङलाई तरुनी केसमा फसाईयो हतियार को आरोपमा फसाईयो यिनको वरिपरि प्रहरी कुदाईयो दुनियाँ मुद्धा लगाईयो। दुई चार मिडियालाई पैशा दिएरै यिनको बारेमा नकारात्मक समाचार लेख्न लगाईयो ।
शाक्यमुनी होस वा मैत्तेय जे भए नि उनले बौद्ध मत कै प्रसार गर्दैथिए न कि इसाईको बुद्धको कुरा गर्दा गौतम बुद्ध कै मात्र कुरा गर्नुपर्ने नि त होईन नि । उनको विरुद्धमा बुद्धको मुर्तीहरू खोलामा फाले, जलाए भनेर नि केही व्यक्तिलाई बोल्न नि लगाईयो उनी साधनामा बस्दा केही बौद्ध मत बोक्नेहरूले आफ्नो चाहना बमोजिम उनलाई हिडाउन नि खोजे तर उनी नहिडेसी तेरो र हाम्रो बाटो अलग भनेर गाली दिएर नि हिडे ।
बम्जनको मत र बहालवाला बौद्धिस्टको मत नमिल्दा बौद्ध समाजमा क्षयिकरण नि भयो त्यसको आरोप नि बम्जनलाई नै लगाईयो । उनले सिद्धार्थ गौतम बुद्धको मतको प्रचार गरेनन त्यसैले सिद्धार्थवादी नि रुष्ट भए भनेर हल्ला चलाईयो । हरेक बुद्धले आफैमा फरक बिचार बोकेको छन र बोक्छन किनभने बुद्ध कुनै व्यक्ति होईन, स्वज्ञान प्राप्तीको डिग्री हो ।
एक विषयमा डिग्री हासिल गरेको ४ फरक व्यक्तिको ४ थरी बिचार आउन सक्छ त्यो नि भुल्न हुन्न । यो कुरालाई तत्कालको बौद्ध मत बोकेर हिड्नेले पचाउन सकेनन । इसाई मात्र होईन थेरवादीहरू समेत यिनको विरुद्ध भए किनभने उनिहरू पनि बमजनको कारण पछि पर्ने भए ।
बुद्ध यहिको मौलिक ज्ञान हुँदाहुँदै नि यसमाथिको वर्चस्वता भोटे, भियतनाम, कम्बोडिया र बर्मेलीहरूको थियो र आजसम्म छ। उनिहरूलाई नि बम्जनको उदयले आफुहरूको नेपालमाथीको अधिपत्य समाप्त हुने डर थियो । त्यसैले उनलाई सिध्याउन यो समूह नि लाग्यो ।
अनि बमजन यदि साँच्चै स्ट्याब्लिस भएको थिए भने किराँत समुदायमा विशेषगरेर तामाङ र लामा समुदायमा इसाईकरण गर्न असम्भव नै हुन्थ्यो । त्यसैले यिनलाई सिध्याउनु नै इसाईको पहिलो अस्त्र थियो । साधना बाट बिमुख गराएर यिनलाई लुक्न बाध्य बनाईयो !
इसाईको कुटिल अभिष्ट पूरा भएको हो वा किराँत समुदायलाई आफ्नो संस्कृतिमा जोड्ने कडीलाई
हतकडी लघाएको हो सरकारले पर्ख र हेरको अवस्थामा देखिन्छ !
