
लीलामणि पोखरेल
काठमाडौ :- ललितपुरको बालकुमारी घटनामा मृत्यु भएका दैलेखका २३ वर्षे सुजन राउत, बुवाको निधन पछि लागेको ऋण चुक्ता गर्नका लागि उनी कोरिया जाने तयारीमा थिए। उनको सपना अब सपना मात्रै रहने भएको छ, उनी कहिले पनि नआउने गरि सदाका लागि अस्ताएका छन्। उनका बुवाको गत बर्ष मात्रै ब्रेन ट्युमरका कारण निधन भएको थियो। बुबाको निधन पछि घर चलाउने दायित्व र जिम्मेवारि उठाएका उनले अब कहिले पनि जिम्मेवार पूरा गर्न नसक्ने गरि अस्ताएका छन्। उनी २ महिना देखि काठमाडौमा बसेर EPS परिक्षाको तयारी गरिरहेका थिए। ३ बर्से ओभरसियर पढेका उनले नेपालमा कसैगरी पनि काम नपाए पछि रोजगारीका लागि कोरिया जाने तयारी गरेका थिए। सुजनको मृत्युको खबरले रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ। सुजनको घरमा आमा र एक भाइ छन्, घर धान्ने घरको जेठो छोराका बारेमा अप्रिय अखबर आएपछि आमा नन्दकुमारी र भाइ अर्धचेत (बेहोस) अवस्थामा चितकारको भुमरीमा डुबेका छ्न !
