



लीलामणि पोखरेल
गुल्मी
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकामा निर्वाचित भए पछि समुन्नत गुल्मी उत्कृष्ट नगर हाम्रो पहिचान भन्ने मुल नारा बोकि जनताको शासक नभै जनसेवामा नोकरको रूपमा समर्पित रहने दृढ संकल्प सहित उत्साहजनक मतका साथ जिल्लाकै मुटुको रूपमा रहेको रेसुङ्गा नगरपालिकाको मेयर पदमा विजयी नेपाली काङ्ग्रेस गुल्मीका पार्टी सभापति समेत रहेका खिल्ध्वज पन्थिले आफ्नो पहिलो कार्यपालिका बैठकबाट तम्घासमै मृगौलाको डायलाइसिस सेवा आरम्भ गर्न आवश्यक व्यवस्था मिलाउने निर्णय गरेका हुन।
नगर प्रमुख पन्थिले गुल्मेलिका धेरै सपना सपनाहरू मध्ये यो महत्त्वपूर्ण सपना साकार भएको बताए ।
सुनौलो न्युज संगको कुराकानीमा पन्थी भन्छ्न धेरै जनाले यसलाई महत्वकांक्षी योजनाका रूपमा लिनु भएको अहिले पनि स्मरण छ तर गुल्मी जस्तो दुर दराजको ग्रामीण भू भागका जनता यो सेवाको अभावमा धेरै कष्ट बेहोर्नु परेको सन्दर्भलाई दृष्टिगत गरी हामीले त्यो निर्णय लिएका थियौं निरन्तरको खटाई र पहलबाट आज त्यो सपना अनि सो निर्णय कार्यान्वयनमा ल्याएर छाड्यौं उनी भन्छ्न यश दौरान हेमोडायलिसिसको सम्पूर्ण तयारी पूरा भई अब सेवा आरम्भ हुदै गर्दा यो अभियानमा सहयोग गर्नु हुने सबै प्रति सहर्ष धन्यवाद टक्रयाउदछौं।
यो सँगै गुल्मीको समुन्नतिमा एउटा ईटाँ थप भएको छ भने दीन, दु:खी र गरीब नागरिक सबभन्दा धेरै लाभान्वित हुनु हुनेछ स्थानीय सरकारको प्रमुखको हिसाबले आफू सरोकारवाला भएकोमा आफ्नो निरन्तर अनुगमन र जनगुनाशो लाई सर्वोपरि ठान्दै सेवा लिन इच्छुक सेवाग्राहीले अस्पताल प्रशासनमा सम्पर्क राख्नु हुन अनुरोध समेत गर्नुभएको छ ! उहाँका अनुसार टेक्निकल जडान वा आवस्यक ब्यवस्थापन पूरा गरि अवको केहि दिन भित्रै बिधिवत शुभारम्भ हुनेछ।
