दुनियाँलाई रुवाएका बाबू लब्सन खनाल होसमा आएर आमासंग कुरा गर्दै यसरी बोल्न थाले हेरौं भिडियो सहित!

 

लीलामणि पोखरेल

चितवन :- आर्थिक अवस्था अत्यन्तै कम्जोर भएका अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनदह सल्याङ्गखर्क निवासी कल्पना खनालका कान्छा छोरा बाबू लब्सान खनाल सानै उमेरमै ब्रेन टियुमर भै जनतन आर्थिक जोहो गरि काठमाडौ पुगेर अप्रेसन गरि घर फर्केका थिए गरीबीको समस्या झेल्दै आएको उनको परिवार अप्रेसन गरेको तत्कालै सेकाइ र थेरापी गर्न असमर्थ भएपछि पुन टियुमर पलाएर निकै छ्टपट्याइ रहेका उन्लाइ स्थानीय छरछिमेकी र आफन्तहरु बाट सामाजिक अभियान्ता स्थानीय युवा लीलामणि पोखरेल ले (अप्रेसन लिला) नाम दिएर बाबू लब्सन बचाउ अभियान सुचारु गरि भरतपुर क्यान्सर अस्पतालमा पठाइएको थियो !

उक्त अस्पतालमा पुर्याइएका बाबू लब्सनको अवस्था अत्यन्तै नाजुक देखिए पछि त्यहाँ स्थित १९ बर्ष मुनिका बालबालिका हरुको ब्लड क्यान्सर वा ब्रेन टियुमर स्पेषलिट डाक्टर डाइरेक्टर कृष्णहरि शर्मा ज्युले त्यहाँ पुर्याइएका बिरामीहरुको अवस्था पहिचान गरि आफैले अभियान्ताको रुपमा सौलिएत साथै राज्य बाट पाउनुपर्ने सेवा सुभिधाहरुको बारेमा अवगत नहुनेहरुलाइ अबगत गराउदै डाक्टरको रुपमा मात्र नभै स्वयंसेवकको रूपमा उपचार गरि बाबू लब्सनलाइ पनि तत्काल सघन उपचार कक्षमा पुर्याइ उपचार प्रोशेस सुरु गर्नुभयो !

तर उपचार चलिरहदा उक्त अस्पताल परिसर भित्र पाउने औषधिहरु ल्याबटेस्ट सबैजसो सेवा सुबिधामा छुट भएपनी बाहिर बाट ल्याउन पर्ने होटल वा अन्य खर्च निकै महँगो भएकाले बाबुको उपचारका लागि अप्रेसन लिला निरन्तर चलिरयो त्यस अप्रेसन लीला मार्फत निज बाबुको आफ्नै गाउँ पनाल्ये बडासल्ला र खनदह बजार बाट पहिलो चरण र दोस्रो चरणमा सामाजिक संजाल मार्फत देश तथा बिदेश हुँदै देश भरबाट सुभचिन्तक ज्युहरुले आर्थिक सहयोग गरिरहे सो रकम सहित अभियान्ता लीलामणि पोखरेल सहित तारा पुन कमला छेत्री आकाश चौहान भरतपुर क्यान्सर अस्पताल पुगि रकम हस्तान्तरण गरि अस्पतालका डाइरेक्टर डाक्टर कृष्णहरि सर्मा संग बाबुको अवस्था बारे जानकारी लिदा र उन्को स्वस्थ्य अवस्था देख्दा रिकबर हुने चान्स न्यून देखिएको थियो!

आफन्त र सुभचिन्तक हरुले आश मारेको उक्त बाबू लाई डिस्चार्ज गरि घरमा आफन्तहरु संग अन्तिम भेट गर्न लैजाने  डिसिजनमा पुग्दा समेत उनै डाक्टरका कृष्णहरि शर्माले आफुला अझै निज बाबुलाई निको पार्छु भन्ने दृढ़ विस्वास र इच्छाशक्तिकै कारण त्यहीँ उपचाररत बाबु लब्सनको स्वास्थमा अहिले चमत्कारिक सुधार देखिएको छ!

अहिले निजको आमा कल्पना खनाल जस्लाइ जत्तिको खुशी आजको घडिमा बिरालै देख्न सकिन्छ ।

यश दौरान सारा सन्सार लाई नै रुवाएका बाबू लब्सनले भिडियो मार्फत आफ्नी आमा संग कुराकानी गरेको भिडियो अहिले देशभरनै भाइरल भएको छ !

साथै निरन्तर उपचारमा खटिएका डाक्टर शर्मा समेत दुनियाँको नजरमा धन्यवादको पात्र बन्न पुगेका छन। बाबू लब्सनलाइ आफू सक्दो थोरै धेरै आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरु सुभचिन्तक आफन्तजन अहिले बाबुलाई यो अवस्थामा देख्दा धेरैका आखाबाट खुशिका आँसु झरेका छन। साथै निजको आमा कल्पना खनालले आभियान्ता लीलामणि पोखरेल संग कुरा गर्दै सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाइ धन्यवाद ज्ञापन गर्न सुनौलो नियु परिवारलाई अनुरोध समेत गरेकी हुन। अप्रेसन लिलाको सहयोगी अभियानमा विशेष सहयोगि भुमिकामा सक्रिय हुनुभएका अभियान्ता हरु कोरिया बाट सुनिल क्षेत्री,कोरियाबाट बिनोद खनाल, कुबेत बाट यमलाल खनाल, बुटवल बाट अर्जुन पोखरेल, खनदह बाट रुकमन पुन र निरज पुन ,आदर्श मावीबाट भेषराज खनाल , नमुना आमा समूह इन्दिरा खनाल, स्वास्थ्य आमा समूह माया बिक , कुबेत बाट चन्द्रमणी खनाल कृष्ण सुनार , साथै विभिन्न माध्यमबाट सहयो गर्नुहुने सबैलाई एकमुष्ट धन्यवाद ज्ञापन गर्दै थप उपचारको लागि सहयोग गरिदिनुहुन समेत अनुरोध गर्नुभएको छ!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै