लीलामणि पोखरेल अर्घाखाँची :- अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ३ खनदहको श्री आदर्श माध्यमिक बिधालयले बितेका वर्षहरुमा भएका एसईइ परिक्षाका नतिजामा सामुदायिक बिधालयहरु मध्ये जिल्लामै उत्कृष्ट हुँदै पटकपटक पालिका स्तरमा उत्कृष्ट स्थान एथावत राख्दै आएको छ!
यति मात्र नभै लुम्बिनी प्रदेशको नमुना बिधालय समेत भएको यो बिध्यालयको भौतिक संरचनागत ढाचा, प्राङ्गण, भौगोलिक बनावट प्राप्त विद्यार्थी सङ्ख्या , समुदायको सेन्टर लघाएत आफैमा प्राकृतिक सौन्दर्यको हिसाबले मनमोहक दृश्यहरुको अवलोकन गर्न सकिने साच्चिकै स्थलगत भ्रमण गर्न लाएक बिधालयको रूपमा परिचीत आदर्श माविले बिधालय स्तरीय अन्य बिभिध कार्यक्रमहरुमा समेत हरेक स्थानहरुमा उल्लेखनीय सहभागिता जनाउदै संमानजनक स्थानमा आफैंमा एक प्रशम्शनिय बिद्यालयको रूपमा स्थापित रहेको छ !
हालै सामाजिक डिभिजन विकास कार्यालय, तैालिहवा, कपिलवस्तुको आयोजनामा “लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानिको ऐक्यबद्धता ” भन्ने शीर्षकमा अर्घाखाँची जिल्ला स्तरीय कक्षा (९- १२) मा अध्ययनरत विधार्थीहरु बिचमा भएको वक्तृत्वकला प्रतियोगितामा श्री आदर्श मा बि खनदह बाट सहभागी भएकी कक्षा १० मा अध्ययनरत छात्रा दिब्या खनाल समग्र जिल्लामा दोस्रो स्थान र सामुदायिक बिधालय तर्फबाट जिल्ला प्रथम हुन सफल भै पुन आदर्श माविको नाम रोशन गर्दै उक्त प्रतियोगिता स्थलमै सहभागी सबैलाई चकित पारि पुरस्कृत हुँदै सम्मानित भएकी छ्न !
