अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर ८ काफल डाँडा निवासी पदम बिकको खर्यानमा घाँस काट्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जनाएको छ ! ४८ वर्षीय बिक बिहीवार बिहान घर नजिकै घाँस काट्न गएका थिए!
खर्यानमा घास काट्दै गर्दा एक्कासि चिप्लिएर झन्डै ७० मिटर तल खसेका बिकलाई उपचारका लागी गुल्मी जिल्ला अस्पताल लगिएको थियो निज पदम बिकलाइ अस्पताल गुल्मिले बेलुका ६ तिर मृत घोषणा गरेको हो!
