“नेपाल वायुसेवा निगमको वाइटबोडि विमान आजै इज्राएल जादै “

०८०असोज २४ काठमाडौं

प्यालेस्टाइनि ग्रुप हमासले इज्राएलमा गरेको हमला बाट छिनभरमै छेद-बिछेद भएको इज्राएमा रहेका नेपाली हरुलाइ उद्दार गरि नेपाल ल्याउन मन्त्रीपरिषदको निर्णय पछि परराष्ट मन्त्री साउद सहितको टोलि आजै इज्राएल जादै छ । नेपाल वायुसेवा निगमको वाइटबोडी विमान लिएर मन्त्री साउद त्यहाँ स्थित नेपालिहरु लाई स्वदेश फर्कन चाहाने र राजदुतावासले खुल्ला गरेको सम्पर्क डिटेलमा जोडिएका नेपाली हरुलाइ नेपाल लिएर आउने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा रावलले जनाकारी दिएका छन ! इज्राएलमा रहेका नेपालि लाई उद्दार गर्न जाने विमान भने सधैं जसो दुबई जाने यात्रुलाई लिएर दुबई ट्रान्जिट हुँदै इज्राएल तर्फ प्रस्थान गर्ने बताइएको हो। बताइए अनुसार इज्राएलमा रहेका नेपाली हरु अहिलेसम्म तिनसय भन्दा बढी दूतावासको समपर्कमा आएका हुँदा एता बाट गएको टोलि सहित एकपटकमा २५० (दुइसय पचास) जना मात्र लिएर फर्कने र पुन थप नेपालि हरुलाइ लिन इज्राएल तर्फनै जाने समेत जानकारी प्रवक्ता रावलले दिए! त्यहाँ स्थित अध्यनको लागि भर्खर गएका बिध्यार्थिहरु मध्य मृत १० जनाको शवहरु भने कानुनी प्रक्रिया सहित इज्राएली सरकार संग सहमति र सम्झौता अनुसार उक्त देशले हस्तान्तरण गरेपछि नेपाल ल्याइ आफन्त हरुलाइ जिम्मा दिइने बताउनु भएको छ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै