रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रूपन्देहीद्वारा सदस्य अभिमुखीकरण तथा क्लब अफिसर्स ट्रेनिङ सेमिनार (क्लब कट्स) सम्पन्न ।

रूपन्देही। रोट्र्याक्ट क्लब अफ तिलोत्तमा–रूपन्देहीले नयाँ सदस्यहरूलाई रोट्र्याक्टको उद्देश्य, संरचना तथा कार्यप्रणालीबारे जानकारी गराउने तथा नवनिर्वाचित कार्यसमितिलाई प्रभावकारी नेतृत्व र क्लब सञ्चालनसम्बन्धी आवश्यक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यका साथ सदस्य अभिमुखीकरण तथा क्लब अफिसर्स ट्रेनिङ सेमिनार (क्लब कट्स) सम्पन्न गरेको छ।
क्लबका अध्यक्ष रोट्र्याक्टर श्रीधर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोट्र्याक्टर डा. आविष्कार पराजुली र रोट्र्याक्टर सुबिन खड्काले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। कार्यक्रममा पीडीआरआर विक्रम क्षेत्री, जेडआरआर (जोन–१९) दीपक अधिकारी, पास्ट प्रेसिडेन्ट रोट्र्याक्टर रेशम खड्का, रोट्र्याक्टर माधवप्रसाद पराजुली, आईपीपी रोट्र्याक्टर सिर्जना गिरीलगायत क्लबका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन क्लबका सचिव रोट्र्याक्टर पूजा गौतमले गरेकी थिइन्।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष श्रीधर केसीले उपस्थित अतिथि तथा प्रशिक्षकहरूलाई स्वागत गर्दै रोट्र्याक्ट वर्ष २०२६–२७ का लागि क्लबले तय गरेका योजना तथा भावी कार्यदिशाबारे जानकारी गराएका थिए।पहिलो सत्रमा प्रशिक्षक डा. आविष्कार पराजुलीले नयाँ सदस्यहरूलाई रोट्र्याक्टको इतिहास, उद्देश्य, मूल्यमान्यता, रोटरी अन्तर्राष्ट्रिय तथा रोट्र्याक्टको संरचना, सदस्यको भूमिका र जिम्मेवारी, सेवा तथा मैत्रीभावको महत्वलगायत विषयमा प्रशिक्षण दिएका थिए।दोस्रो सत्रमा प्रशिक्षक सुबिन खड्काले नवनिर्वाचित कार्यसमितिलाई क्लब सञ्चालन, पदाधिकारीहरूको भूमिका तथा जिम्मेवारी, सेवा परियोजनाको योजना तथा कार्यान्वयन, वित्तीय पारदर्शिता, उत्तरदायित्व तथा प्रभावकारी नेतृत्व विकाससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरेका थिए।


प्रशिक्षणका क्रममा सहभागीहरूले विभिन्न जिज्ञासा राख्दै अन्तरक्रियात्मक छलफल गरेका थिए। उक्त छलफलले नयाँ सदस्य तथा पदाधिकारीहरूलाई आफ्नो भूमिका र जिम्मेवारीबारे स्पष्ट बुझाइ प्राप्त गर्न सहयोग पुगेको क्लबले जनाएको छ।
कार्यक्रममा पीडीआरआर विक्रम क्षेत्री, जेडआरआर दीपक अधिकारी, पास्ट प्रेसिडेन्ट रोट्र्याक्टर रेशम खड्का तथा आईपीपी रोट्र्याक्टर सिर्जना गिरीले शुभकामना मन्तव्य व्यक्त गर्दै रोट्र्याक्टको आदर्श वाक्य ‘स्वार्थभन्दा माथि सेवा’लाई आत्मसात गर्दै समाजसेवामा सक्रिय हुन सबै सदस्यहरूलाई आग्रह गरेका थिए।कार्यक्रमले नयाँ सदस्यहरूलाई रोट्र्याक्टबारे स्पष्ट जानकारी प्रदान गर्नुका साथै नवनिर्वाचित कार्यसमितिलाई सफल नेतृत्वका लागि आवश्यक ज्ञान, सीप तथा आत्मविश्वास प्रदान गरेको विश्वास व्यक्त गरिएको छ।अन्त्यमा अध्यक्ष रोट्र्याक्टर श्रीधर केसीले प्रशिक्षक, अतिथि तथा सम्पूर्ण सहभागीहरूप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै