लीलामणि पोखरेल
गुल्मीको सदरमुकाम तम्घासमा नेपाली सेनाको गुल्म रहँदै आएकोमा द्वन्द्वको समयमा गण स्थापना भएको भएतापनी त्यसको अतिरिक्त इस्मा र वामीटक्सारमा पोष्टहरू समेतरहदै आएका थिए !
गुल्ममा भन्दा गणमा करीब चार दोब्बर संख्यामा सेना हुदाँ तम्घासका विद्यालय, क्याम्पस, घरधनी, व्यवसायी लगायत सबै पक्ष लाभान्वित हुनसक्ने साथै आगलागी तथा पहिरो जस्ता विपद्को जोखिममा रहेको गुल्मी जिल्लाको विपद् व्यवस्थापन एवम् उद्दारमा समेत यसले मद्धत पुग्छ भन्ने अभिप्रायले मिति २०८० कार्तिक २१ गते नेपाली सेनाका प्रधान सेनापतिसँग गण स्वीकृतिका लागि नेपाली काङ्ग्रेस गुम्लिका सभापति एवम् वर्तमान रेसुङ्गा नगरपालिका प्रमुख समेत रहेका खिल्धोज पन्थीले आफू यश विषयमा निरन्तर प्रयासरत रहेको र अहिले स्वीकृत गराइ छाडेको बताउनु भयो उहाँले भन्नुभयो समुन्नत गुल्मी समुन्नत रेसुङ्गाको लागि आफू हरेको हिसाब आफ्नो बलबुताले भ्याएसम्म लागि परेको र समग्र गुल्मिको संगै रेसुङ्गा नगरलाई देशकै नमुना जिल्ला चम्किलो नगर बनाएरै छाड्न प्रतिबद्ध रहेको समेत जनाए !
उहाँ भन्नुहुन्छ म निकै हर्षित छु यश दौरान आज कार्यवाहक प्रधानमन्त्री एवम् माननीय रक्षामन्त्री पूर्ण बहादुर खड्का, श्रीमान् रक्षा सचिव किरण शर्मा र प्रधानसेनापतिज्यू सँग पुनः गहन छलफल गरे पश्चात् तत् सम्बन्धमा आवश्यक प्रक्रिया अघि बढाउने सहमति भएको छ!


