हंसपुर रुपन्देही सम्पर्क समाजद्वारा क्यालेन्डर विमोचन तथा रक्तदान कार्यक्रम सम्पन्न ।

बुटवल, रुपन्देही

हंसपुर रुपन्देही सम्पर्क समाजद्वारा आयोजित क्यालेन्डर विमोचन तथा रक्तदान कार्यक्रम बुटवल–११, देवीनगरस्थित चौपारी अगाडि भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रम संस्थाका अध्यक्ष लक्ष्मण पन्थीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा संस्थाका सल्लाहकार विष्णुप्रसाद पन्थीको उपस्थिति रहेको थियो।कार्यक्रममा संस्थाका सल्लाहकारहरू अनन्तवाणी मरासिनी, बुद्धिराम बन्धी, गोविन्द मरासिनी, जुद्धबहादुर बिक, डा. गिरि पन्थी तथा डा. मुक्ति रिजाललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।रक्तदान कार्यक्रमको संयोजन तथा व्यवस्थापन रेशम बाबु खनालले गर्नुभएको थियो भने क्यालेन्डर विमोचन कार्यक्रमको संयोजन कमलप्रसाद मरासिनीले गर्नुभएको थियो।

उक्त कार्यक्रममा संस्थाका कार्यसमिति सदस्यहरूका साथै आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो। रक्तदान कार्यक्रममा कुल ३६ जनाले रक्तदान गरेका थिए।कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मण पन्थीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक तथा सकारात्मक कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसैगरी प्रमुख अतिथि विष्णुप्रसाद पन्थीले समाजले भविष्यमा पनि यस्ता उदाहरणीय कार्यहरू गर्दै अघि बढोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
आबिष्कार खनाल
लेखकको बारेमा

आबिष्कार खनाल

आविश्कार खनाल सुनौलौ न्यूज डटकमका संबाददाता हुन् ।

तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै