बिस बाइस बर्षका युवा-युवतीको भावनामा डुबेर शब्द कोरे कमल खड्काले

लिलमणी पोखरेल
काठमाडौ,अर्घाखाँची जिल्लाको उत्तर पश्चिममा पर्ने मालारानी ५ बाङ्गीमा बुवा टोम बहादुर खड्का र आमा गिरि खड्काको कोख बाट पाँचौं सन्तानको रुपमा जन्मिएका कमल खड्का पेशाले रास्ट्र सेवक कर्मचारी हुन। काठमाडौंको विभिन्न स्कुलहरुमा झण्डै सात वर्ष र अर्घाखाँची जिल्लाको प्रख्यात विद्यालयहरु श्री सिद्धार्थ मा .वि- रतनमारे र श्री आदर्श मा. वि- खनदहमा झण्डै १० वर्ष गरि करिब १५ वर्ष माद्यामिक गणित शिक्षकको रुपमा अनुभव बटुलेका खड्का हाल नेपाल विद्युत प्राधिकरणका कर्मचारी समेत हुन।
शिक्षण पेशामा रहँदा गणितमा जिल्लामै उत्कृष्ट नतिजा दिन सफल कमल खड्का सानै देखि गित संगीतमा विशेष रुचि राख्दथे। स्कुल कलेज पढ्दा लोक गित तथा दोहोरी गित प्रतियोगितामा भाग लिने र पुरस्कृत हुने कमल खड्काले दर्जनौं जति जनबादी गितहरुमा समेत शब्द कोर्ने र स्वर भर्ने काम समेत गर्नु भएको छ।
२०६० साल तिर पाणिनी क्याम्पस, सन्धिखर्कमा तत्कालीन देशको अवस्थालाई उदृत गर्दै लेखेर गाएको गित ” के पाइन्छ बोकेर राइफल – जनताको बगाई खुनको भल, बाँचेनन जनता पत्रकार – छैन र बाँच्ने अधिकार” जस्ता गितहरु अहिले पनि उहाँको स्मरणमा छन। त्यस्तै पहिलो संबिधान सभाको निर्वाचन पछि संबिधान बन्न नसक्दा उहाँले लेखेको / गाएको गित ” खोजौँ सबै संकटका हलहरु – एक जुट भई राजनितीक दलहरू , नयाँ नेपाल नयाँ संबिधान – निर्माण गरौं मिलेर सबैले यो देशको बढाउँ स्वाभिमान ” ले त तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल बाट समेत सम्मानित हुनु भएको थियो।
२०७३ सालमा डुल्दा फुलमा मौरी र भमरा – आउँछु आमा राखे है जमरा भन्ने आफनै गितमा स्वर र कलम चलाउनु भएको कमल खड्काले यसपाली भने बीस बाइस वर्ष उमेरका युवा युवतीको भावनामा डुबेर शब्द कोर्नु भएको छ। आफ्नै शब्द र लय रहेको यस गित “उमेर भैसको” मा उहाँको स्वरमा पछिल्लो समय सबैको मन जित्न सफल गायिका शान्ती श्री परियारले साथ दिनु भएको छ। बिनोद बाजुरालिको एरेन्ज र रितु बस्नेत, पाल्देन लामा र तेजेन्द्र परिवारको अभिनय रहेको यो गित कमल खड्काको आफ्नै युट्युब च्यानल Kamal Khadka Aarohi offical बाट सार्बजनिक गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै