लुम्बिनी स्टार इन्टर रोट्रयाक्ट फुटसल प्रतियोगिता सम्पन्न, तिनाउ सिटी बन्यो च्याम्पियन ।

बुटवल ,रोट्रयाक्ट क्लब अफ लुम्बिनी स्टारद्वारा आयोजना गरिएको इन्टर रोट्रयाक्ट फुटसल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ, जहाँ पुरुषतर्फ तिनाउ सिटी च्याम्पियन बन्न सफल भयो। ब्वाइज समूहमा १३ टिमबीचको प्रतिस्पर्धामा विजेता तिनाउ सिटीले नगद रु. १०,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने तिलोत्तमा रूपन्देही फस्ट रनरअप बन्दै रु. ५,००० तथा मेडल तथा प्रमाणपत्र हासिल गर्यो। उता गर्ल्स समूहमा ६ टिम सहभागी भएका थिए, जसमा देवदह मेडिकल कलेजले उपाधि जित्दै रु. ५,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो भने टिनाउ सिटी फस्ट रनर अप रह्यो। क्लब अध्यक्ष गौरव पाण्डेको अध्यक्षतामा  सम्पन्न प्रतियोगितामा कार्यक्रम संयोजक प्रतिक अर्याल र अस्मिता घर्तीको महत्वपूर्ण भूमिका रहेको थियो। कार्यक्रमको समापन समारोहमा प्रमुख अतिथि आईपीडीआरआर विक्रम क्षेत्री, अतिथिको रुपमा रोट्रयाक्ट डिष्ट्रिक्टका पदाधिकारीहरु तथा लुम्बिनी स्टारका पूर्व अध्यक्षहरूको  उपस्थिति रहेको थियो। क्लवले खेलकुदमार्फत युवामा अनुशासन, नेतृत्व र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्दै जाने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै