बुटवल, नेपाल बैंक लिमिटेडले आफ्नो ८९औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ।कार्यक्रम भोलि कार्तिक २८ गते शुक्रबार बिहान ११:०० बजे नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेशीय कार्यालय, राममन्दिर लाइन, बुटवलमा हुने बैंकले जनाएको छ।रक्तदान कार्यक्रमको आयोजक तथा प्रायोजक नेपाल बैंक लिमिटेड लुम्बिनी प्रदेशीय कार्यालय रहेको छ भने नेपाल नियमित रक्तदाता संघ, तिलोत्तमा शाखा पनि आयोजककै रुपमा रहेको छ। कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी, रुपन्देहीले प्राविधिक सहयोग प्रदान गर्नेछ।
नेपाल बैंक लिमिटेडले समाजसेवामा अग्रसर रहँदै आएको र यस किसिमका रक्तदान कार्यक्रमहरूले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको बैंकका लुम्बिनि प्रदेश प्रमुख अर्जुन बहादुर कडेलले बताउनुभयो।
