राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक

राष्ट्रिय  स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरूको सूची सार्वजनिक गरेको छ। साउन २१ गतेसम्म आवेदन माग गरेको थियो । यस अवधिभित्र ९ जनाले आवेदन दिएको लुम्बिनी इन्चार्ज विपिन आचार्यले जानकारी गराए । आवेदन दिएका मध्येबाट सुलभ खरेलको नाम पहिलो नम्बरमा राखिएको छ ।

१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका छन् । उम्मेदवार हुन इच्छुकका लागि रास्वपाले २५ हजार शुल्क तोकेको थियो ।

रास्वपाले प्राप्त नामहरूबाट उम्मेदवारको नाम छनोट गर्नेछ । भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने रास्वपाले कार्यतालिका बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै