र्ग्रीन टी: स्वाद मात्र होइन, स्वास्थ्यको खजानाः अध्ययनहरूबाट खुल्दै छन् अद्भुत लाभहरू

पछिल्ला दिनहरूमा हरियो चिया (ग्रीन टी) स्वास्थ्य लाभका कारण पुनः चर्चामा आएको छ। विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरूले ग्रीन टीलाई हृदय, मस्तिष्क, पाचन र प्रतिरक्षा प्रणालीका लागि उपयोगी साबित गरेका छन्। खासगरी चीन, जापान र नेपालमा परम्परागत रूपमा प्रयोग हुँदै आएको ग्रीन टी आधुनिक जीवनशैलीमा पनि एक उत्तम विकल्प बन्दै गएको छ।

एक अध्ययन अनुसार, ग्रीन टीमा पाइने शक्तिशाली एण्टिअक्सिडेन्ट ‘कैटेचिन’ ले शरीरको खराब कोलेस्ट्रोल घटाउने, रक्तचाप सन्तुलनमा राख्ने र मुटुको स्वास्थ्यलाई मजबुत बनाउने देखिएको छ। त्यस्तै, L-theanine नामक एमिनो एसिडले मानसिक तनाव कम गर्ने र ध्यान केन्द्रित गराउन सहयोग पुर्‍याउने तथ्यसमेत प्रमाणित भएको छ।

हरेक दिन २ देखि ३ कप ग्रीन टी सेवन गर्दा डिमेन्सिया जस्ता मस्तिष्कसम्बन्धी समस्याहरूको जोखिम ६ प्रतिशतले घट्न सक्छ भन्ने वैज्ञानिक संकेत छ। साथै, ग्रीन टीले पाचन प्रणालीलाई सशक्त बनाउने, पेटको सूजन कम गर्ने र आन्द्रामा लाभदायक ब्याक्टेरिया बढाउनेमा समेत सहयोग पुर्‍याउने उल्लेखनीय तथ्यहरू बाहिर आएका छन्।

तर चिकित्सकहरू सावधानी पनि अपनाउन सुझाव दिन्छन्। अत्यधिक मात्रामा ग्रीन टी सेवन गर्नाले अनिद्रा, छाती दुख्ने वा पेटसम्बन्धी समस्या उत्पन्न हुनसक्ने भएकाले दैनिक सन्तुलित मात्रामा सेवन गर्नु उपयुक्त हुने जनाइएको छ। साथै, रक्तचाप नियन्त्रणका औषधि सेवन गर्नेले चिकित्सकको सल्लाह अनुसार मात्र ग्रीन टी पिउनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै