अर्घाखाँची — अर्घाखाँचीका चर्चित युवा गायक अभि पौडेलले आफ्नो नयाँ लोकगीत “घुम्न जाऊँ है अर्घाखाँचीमा” सार्वजनिक गरेका छन्। अर्घाखाँची जिल्लाका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले तयार पारिएको उक्त गीतमा अभि पौडेल स्वयंका साथै संगीत मगर र सिला गुरुङको समेत स्वर रहेको छ।
गीतका शब्दहरू अभि पौडेलले नै लेखेका हुन् भने संगीत संयोजनको जिम्मा अनिस खड्काले सम्हालेका छन्। अर्घाखाँचीका विभिन्न प्राकृतिक र ऐतिहासिक गन्तव्यहरूको प्रचारप्रसार गरी आन्तरिक पर्यटकलाई आकर्षित गर्ने प्रयास गरिएको पौडेलले बताए।
लोकसंगीतको माध्यमबाट जिल्लाको चिनारी बढाउने क्रममा सक्रिय गायक पौडेल सामाजिक सञ्जालमा समेत लोकप्रिय छन्। उनी टिकटक लगायतका प्लेटफर्ममा हास्यव्यङ्ग्यका छोटा भिडियोहरू मार्फत समेत निकै चर्चामा रहँदै आएका छन्।
“देश विकासमा युवाहरूको भुमिका महत्वपूर्ण हुन्छ,” भन्दै उनले युवा पुस्ताले आफ्नै ठाउँको चिनारी र प्रवर्द्धनका लागि योगदान दिनुपर्नेमा जोड दिएका छन्।
