दात तथा मुख स्वास्थ्य लागि समर्पित अमृत भुसालको नेतृत्वमा- स्वस्थ मुख अभियान ,१० हजार भन्दा बढिको निशुल्क उपचार

समाजसेवी तथा आधुनिक समाज डेन्टल अस्पतालका अध्यक्ष अमृत भुसाल ‘पीयूष’ विगत २२ वर्षदेखि दाँत तथा मुख रोग उपचार सेवामा समर्पित हुँदै आएका छन्। “कसैले पनि पैसाको अभावमा दाँत तथा मुख रोगको उपचारबाट बञ्चित हुन नपरोस्” भन्ने उद्देश्यले सञ्चालित स्वस्थ मुख अभियान मार्फत हालसम्म १० हजारभन्दा बढी व्यक्तिहरूलाई निःशुल्क उपचार प्रदान गरिएको छ।

नेपालका वरिष्ठ दन्त चिकित्सकहरूको समन्वयमा बुटवलस्थित आधुनिक समाज डेन्टल अस्पतालमार्फत अभियान सञ्चालन भइरहेको छ। अध्यक्ष भुसालका अनुसार दाँत उपचार विश्वमै सबैभन्दा महँगो मानिए तापनि यदि बेलैमा सजगता अपनाइयो भने थोरै खर्चमा नै समस्याको समाधान सम्भव हुन्छ।

उहाँले नेपालका ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा दाँत तथा मुख रोगको समस्या झनै गम्भीर भएको बताए। साथै, सबैलाई उचित तरिकाले दैनिक दुईपटक ब्रस गर्न, चिनी तथा गुलिया पदार्थको सेवन घटाउन आग्रह गर्दै, आर्थिक अभावका कारण उपचार गर्न नसक्नेहरुलाई बिना हिच्किचाहट बुटवलस्थित अस्पतालमा सम्पर्क गर्न अनुरोध गरेका छन्।

भविष्यमा सम्भव भएसम्म नेपालमै सबैभन्दा धेरै व्यक्तिलाई एउटै स्थानमा ब्रस गराउने कार्यक्रम आयोजना गरी विश्व कीर्तिमान राख्ने तयारी पनि अभियान अन्तर्गत गरिँदैछ।

अध्यक्ष भुसालले यो महाअभियानलाई अझ व्यापक बनाउन सबै सरोकारवाला, संघसंस्था तथा समाजका सचेत नागरिकहरुलाई साथ दिन अपिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै