१८औं रोट्रयाक्ट डिष्ट्रिक्ट एसेम्बली भव्य रूपमा सम्पन्न, अवार्ड सेरेमनी , सम्मान र आगामी योजना सार्वजनिक ।

काठमाडौं,

रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ नेपाल-भुटानद्वारा आयोजित १८औं डिष्ट्रिक्ट एसेम्बली, डिएलटिएस तथा रिकग्निसन सेरेमनी २०८२ जेठ ३१ गते शनिबारका दिन काठमाडौंस्थित नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा भव्य रूपमा सम्पन्न भएको छ।
रोट्रयाक्ट क्लब अफ पाटन हेरिटेजको आतिथ्यता, १७ क्लबहरूको सहआतिथ्यता र ५ क्लबहरूको समन्वयमा सम्पन्न यस विशेष कार्यक्रममा देशैभरका क्लबहरूबाट उत्साहजनक सहभागिता रह्यो। कार्यक्रममा रोटरी डिष्ट्रिक्ट ३२९२ का आगामी वर्ष २०२५–२६ का गभर्नर विनोद कोइराला प्रमुख अतिथि रहनुभएको थियो। गेस्ट अफ अनरका रूपमा पूर्व डिष्ट्रिक्ट गभर्नरद्वय संजय गिरि र जितेन्द्र बहादुर राजभण्डारी तथा विशेष अतिथिका रूपमा डिजी २०२६/२७ विष्णु बहादुर कार्की, डिजी २०२७/२८ ईश्वरी प्रसाद ढकाल, डीआरसीसी कृष्णप्रसाद पाण्डे, डीआरसीसी (२०२५/२६) किशोर त्रिपाठी, डीआईआर सुषान अधिकारीलगायत विशिष्ट व्यक्तित्वहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट गभर्नर (२५-२६ )रो.विनोद कोइरालाले रोटरी र रोटर्याक्ट मिलेर सेवा परियोजनाहरू अन्तर्गत कार्बन उत्सर्जन कम गर्ने परियोजनाहरू जस्तै इलेक्ट्रिक कुकिङ, वृक्षारोपण आदि कार्यहरू गर्न क्लबहरूलाई अनुरोध गर्नुभयो । साथै, उहाँले आधारभूत शिक्षाको क्षेत्रमा पनि काम गर्न क्लबहरूलाई प्रेरित गर्नुभयो । कार्यक्रममा क्लब अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा बोर्डका पदाधिकारी सँगै जनरल मेम्बरहरूका लागि लक्षित प्रशिक्षण सत्रहरू प्रभावकारी रूपमा संचालन गरिए। नेतृत्व विकास, क्लब व्यवस्थापन र रोट्रयाक्ट संरचना सम्बन्धी सत्रहरू पूर्व डिआरआर सुशील कुमार कार्कीलगायत प्रशिक्षकहरूले संचालन गर्नुभएको थियो।कार्यक्रममा डिआरआर विक्रम क्षेत्रीले आफ्नो कार्यकाललाई ऐतिहासिक बनाउन सहयोग पुर्‍याउने र डिस्ट्रिक्टले लिएको गोल अनुसार कार्य सम्पन्न गर्ने विभिन्न क्लबहरू, क्लबका अध्यक्षहरु , क्लबका सचिवहरू गरि थुप्रै विधामा आधारित रही अवार्डहरू प्रदान गर्नुभएको थियो साथै डिस्ट्रिक्ट कमिटीका सदस्यहरूलाई मायाको चिनो, प्रशंसा-पत्र र अवार्डद्वारा विशेष धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “सहकार्य, प्रतिबद्धता र प्रेरणाको शक्ति नै हाम्रो सफलताको आधार हो।”
<span;>सोही अवसरमा आगामी वर्ष २०२५/२६ का डिआरआर दिनेश गैरे ,डिस्ट्रिक्ट सेक्रेटरी चन्द्रभक्त अधिकारी डिस्ट्रिक्ट ट्रेजर अनुप पाण्डेले आगामि कार्यकालको कार्ययोजना, कार्यक्रमको प्राथमिकता र बजेट सम्बन्धी जानकारी  दिनुका साथै पारदर्शिता, नवप्रवर्तन र प्रभावकारिता आधारित नेतृत्वमा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा विभिन्न क्लब र सदस्यहरूलाई सेवा, नेतृत्व र नवप्रवर्तनमा उत्कृष्ट योगदानका आधारमा सम्मान र अवार्डहरू प्रदान गरिएको थियो। त्यस्तै, डिस्ट्रिक्ट कमिटीका उत्कृष्ट सदस्यहरू र पीडीजीहरूलाई समेत मायाको चिनोद्वारा सम्मान गरियो। विशेष आकर्षणको रूपमा चलचित्र ‘मोहर’ की अभिनेत्री निति शाह तथा चलचित्र टिमको उपस्थिति रहेको थियो। शिक्षा र समाजसेवा अन्तर्गत “बेसिक एजुकेसन” मा केन्द्रित गर्दै, चलचित्र टिमसँग सहकार्यमार्फत नेपालको दुर्गम क्षेत्रमा पुग्ने लक्ष्यका साथ नयाँ अभियानको सुरुवात गरिएको जानकारी दिइयो। कार्यक्रममा सांगीतिक प्रस्तुति, सम्मान समारोह र विविध ज्ञानमूलक सत्रहरूले रोट्रयाक्टको ऊर्जा, प्रतिबद्धता र भावी लक्ष्यप्रतिको एकताबद्ध दृष्टिकोणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको थियो। रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ को यो एसेम्बली, नेतृत्व हस्तान्तरणको मात्र प्रतीक नभई रोट्रयाक्ट अभियानलाई नयाँ गति, दिशा र प्रतिबद्धता प्रदान गर्ने एक प्रेरणादायी अवसरका रूपमा स्मरणीय बन्न पुगेको छ। उद्घाटन समारोहको अध्यक्षता होस्ट क्लब पाटन हेरिटेजका आइपीपी अग्रहनी अमात्य र डिआरआर विक्रम क्षेत्रीको संयुक्त अध्यक्षतासँगै रोजिना डाङ्गी र आभा दाहालको  सञ्चालनमा सम्पन्न भएको थियो भने डिस्ट्रिक्ट एसेम्ली लगायतका अन्य सेसनहरु डिस्ट्रिक्ट सेक्रेटरी सुबिन खड्काले सञ्चालन गर्नुभएको रोट्रयाक डिस्ट्रिक्ट ३२९२ नेपाल भुटान वर्ष २०२४ २५ का  डिस्ट्रिक्ट मिडिया संयोजक आविष्कार खनालले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै