डीएनसीएद्वारा नेपालि नया बर्ष २०८२ को अबसरमा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न ।

अष्ट्रेलिया,

डब्बो नेपाली कम्युनिटी अष्ट्रेलिया (डिएनसिए)को आयोजनामा नयाँ वर्ष २०८२  अबसरमा भव्य कार्यक्रम १३ अप्रिल २०२५ मा Wahroonga Park मा सफलतापूर्वक सम्पन्न भएको छ। करिब ३०० भन्दा बढी सहभागीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम साँच्चिकै विशेष रहेको  थियो । उक्त  अवसरमा नेपाली समुदायको एकता, संस्कृति, र आपसी सद्भावको सुन्दरता झल्किएको  थियो। कार्यक्रममा सहभागी सबैले नेपालि नया बर्षलाइ एउटा सुनौलो उत्सवको रुपमा लिदै  एक आपसमा  सुभकामना आदान प्रदान गर्दै खुसी साटासाट गरेका थिए । कार्यक्रममा रमाइला प्रस्तुतिहरु समेत समाबेश गरिएको थियो।


नया बर्षको कार्यक्रमलाइ भब्य रुपले सम्पन्न गर्नका लागि विशेष भुमिका खेल्नुहुने डिएनसिए समिति, स्वयंसेवकहरू,  परिश्रमी अभिभावकहरू सगै  दीपक आचार्य  देवेन्द्र कुँवर कार्यक्रमलाइ विभिन्न माध्यमद्वारा  सहयोग गर्नुहुने घोताने लयरको तर्फबाट तन्नु घोताने,  सन्तोष कोइराला सगै स परिवार बेकर्स डिलाइट डब्बोका धिरज पोखरेल ,हटडग बन्स ,टचवुड फ्लिम स्टुडियोलाई डब्बो नेपाली कम्युनिटी अष्ट्रेलिया (डिएनसिए) को तर्फबाट डिएनसिए अध्यक्ष राजिव भट्टराईले बिशेष धन्यवाद दिनुभयो भने आगामी दिनहरूमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै