लीलामणि पोखरेल
अर्घाखाँची- नेपाल निजामती कर्मचारी संगठन मालारानी गाउँपालिका द्वारा गाउँपालिका अध्यक्ष दलबहादुर भट्टराईको कार्यकक्षमा पुगी प्रमुख प्रशासकीय अधिकृतज्यूको उपस्थितिमा ११ बुँदे ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको छ। उक्त ११ बुँदे ज्ञापनपत्र संगठनका सचिव राजू खनालले सम्पूर्ण संगठनका पदाधिकारी पालिका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत ज्यू र नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष पदम आचार्य ज्यूको उपस्थितिमा वाचन गरेर सुनाएका थिए।
यस दौरान नेपाल निजामती कर्मचारी संगठन मालारानी गाउँपालिकाका सचिव राजु खनालले सुनौलो न्युज डट कमलाई दिएको जानकारी अनुसार उक्त ज्ञापनपत्र नेपाल निजामती कर्मचारी संगठन मालारानी गाउँपालिकाका अध्यक्ष पदम आचार्यज्यूले पालिका अध्यक्ष दलबहादुर भट्टराई र प्रमुख प्रशासकीय अधिकृत ज्यूलाई बुझाउनुभएको थियो।
“के छ त ११ बुधे ज्ञापन पत्रमा”
तपशिल
“नेपाल निजामती कर्मचारी संगठन” मालारानी गाउपालिकाले निम्न ११ मागहरु राख्दै मालारानी गाउँपालिकालाई ध्यानाकर्षण गराएको छ ।
१. सूचना पार्टीलाई कार्यालयको बाहिर पट्टी २४ सै घण्टा सर्वसाधारणले हेर्न मिल्ने गरी व्यवस्थापन गर्नुपर्ने ।
२. अपाङ्ग,बालवालिका तथा ज्येष्ठ नागरिक मैत्री हुने गरी कार्यालयमा सेवा प्रवाह तथा शौचालयको व्यवस्थापन हुनुपर्ने ।
३. कार्यालयमा चार पाङ्ग्रे तथा दुइपाङ्ग्रे सवारी साधनहरुको व्यवस्थापनको लागि निश्चित पार्किङस्थलको व्यवस्था हुनुपर्ने ।
४. कर्मचारीहरुको कार्यक्षमता वृद्धि गर्न क्षमता अभिवृद्धि तालिम संचालन गर्ने तथा कार्यसम्पादन मुल्याङ्कन गरी पुरस्कार तथा दण्डको व्यवस्था गर्नुपर्ने ।
५. सेवाग्राहीलाई कार्यालयमा लाग्ने समयमा वसाइ तथा समय व्यतीत गर्नको लागि उचित किसिमको व्यवस्था गर्नुपर्ने ।
६. विहान उपस्थित भइसके पश्चात १०.०० बजे देखि ५ मिनेटको समय राष्ट्रियगान बजाइ सो को सम्मान तथा प्रार्थना गर्ने व्यवस्था मिलाउनु पर्ने ।
७. मालारानी गाउँपालिको कार्यालय तथा मातहतका कार्यालयहरुमा कार्यरत कर्मचारीहरुलाई प्रदेश स्थानीय निजामति सेवा ऐन, २०८१ बमोजिम सामाजिक सुरक्षा कोषमा यथाशिघ्र आवद्ध गराउने व्यवस्था गर्नु पर्ने ।
८. कार्यालयमा हेल्प डेष्क स्थापना गरी सेवाग्राहीहरुलाई सहज र शुलभ ढङ्गबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने । (सो कार्यबाट सेवाग्राहीहरुलाई शाखागत समन्वय, निवेदन लेखन जस्ता अन्य कार्यहरुमा सहज हुने अपेक्षा लिइएको)
९. जनप्रतिनिधि र कर्मचारीहरुबीच सुमधुर सम्बन्ध, सेवा प्रवाहमा सहजता ल्याउनको लागि करिब चौमासिक रुपमा अन्तरक्रियात्मक कार्यक्रमको व्यवस्था गर्नु पर्ने ।
१०. यस कार्यालयको प्रत्येक तल्लामा शुद्ध पिउने पानीको व्यवस्थापन सेवाग्राहीहरु समेतको पहुँचमा हुने गरी आवश्यक व्यवस्था मिलाउनु पर्ने ।
- ११. गाउँपालिकाको अगुवाईमा छिमेकी स्थानीय तह सँग अन्तरपालिका समन्वय समितिलाई क्रियाशिल गराइ अन्तर पालिका सिमाक्षेत्रका विकासलाई व्यवस्थित गर्नुपर्ने ।
पेशागत हकहितका लागी गठित यस नेपाल निजामती कर्मचारी संघठन मालारानीमा अध्यक्ष र सचीव दुवै युवा नेतृत्व भएकाले संघठनका अध्यक्ष पदम आचार्य भन्छन: कर्मचारी हकहितमा मात्र हामिहरु सिमित हुनु हुदैन अन्य समसामयिक विषय हरुमा पनि हामिहरु बोल्नुपर्छ त्यसमा हामि कर्मचारी हकमा मात्र निहित हुदैनौ फरक तरिकाबाट कार्यशैली बदल्न लाग्नुपर्छ ।
