यि हुन ट्रम्प मन्त्रीमण्डलका २० सदस्य

लीलामणि पोखरेल

काठमाडौ

एजेन्सी :अमेरिकी राष्ट्रपति निर्वाचित भएका डोनाल्ड ट्रम्पले मन्त्री र उच्च पदका लागि धमाधम मनोनीत गरिरहेका छन्।

उनले आगामी जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हाल्नेछन्। आफूले जिम्म्वारी लिएलगत्तै ट्रम्पले ह्वाइट हाउसका विभिन्न पदहरूमा नियुक्त गर्नेछन्। त्यसका लागि विभिन्न व्यक्तिहरूलाई मनोनीत गरेका हुन्।

ट्रम्पले अहिलेसम्म २० जनाभन्दा बढीलाई विभिन्न पदमा नियुक्तिका लागि मनोनीत गरिसकेका छन्।

बिबिसीका अनुसार ट्रम्पले मार्को रूबिओलाई विदेश मन्त्री मनोनीत गरेका छन्। फ्लोरिडाका सिनेटर रूबिओ चीनका कटु आलोचक मानिन्छन्।

त्यस्तै पिट हेगसेथ रक्षा मन्त्री मनोनीत भएका छन्। उनी ट्रम्पलाई समर्थन गर्ने सञ्चार संस्था फक्स न्युजका कार्यक्रम प्रस्तोता हुन्।

विश्वका धनाढ्य व्यक्ति इलन मस्क र विवेक रामास्वामीलाई जिम्मेवारी दिन ट्रम्पले गभर्नमेन्ट इफिसिएन्सी नामको नयाँ विभाग नै सिर्जना गरेका छन्। त्यसले सरकारलाई सफल बनाउनका लागि भूमिका खेल्ने भनिएको छ। @sp

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै