सुगम थापा
काठमाडौ
झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको छ । नगकोटी कागेश्वरी मनोहरा २ आलापोट नेकपा माओवादी केन्द्रका सचिव हुन् । दुर्घटनामा उनलाई टाउको, पेट र घुँडामा गम्भीर चोट लागेको थियो । दुर्घटनामा नगरकोटीकी पत्नी ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् ।
उनी मोटरसाइकलको पछाडि सवार थिइन् । उनको अवस्था गम्भीर र भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।
