बुटवल , लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रीक ३२५ पी नेपालको पद हस्तान्तरण कार्यक्रम बुटवल स्थित लायन्स कार्यालयमा सम्पन्न भयको छ । लायन्स बर्ष २०२३-२४ काअ डिस्ट्रीक गभर्नर पिएमजेफ लायन अर्जुनमान सैजुको अध्यक्षता तथा मल्टिपल डिस्ट्रीक संयोजक पुर्ब गभर्नर अरुण प्रताप राणाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । पुर्ब गभर्नर महेन्द्रनारायण श्रेष्ठ बिशिस्ट अतिथि भएको उक्त कार्यक्रममा गभर्नर सैजुले आगामी बर्ष २०२४- ०२५ का निर्वाचित गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गलाई पद हस्तान्तरण गरेका थिए सो अवसरमा बर्ष २०२३-२४ का विभिन्न एरियाका संयोजकहरुले समेत आ -आफ्नो पद २०२४-२५ का एरिया संयोजकहरुलाइ हस्तान्तरण गरेका थिए ।
त्यसैगरि डिस्ट्रीक कोषाध्यक्ष दिनेश प्रसाद श्रेष्ठले आगामी बर्षका कोषाध्यक्ष लायन्स प्रकाश कुमार श्रेस्ठ, डिस्ट्रीक सचिव बिनोद खरेलले नवनियुक्त डिस्ट्रीक सचिव माधब खनाललाई पद हस्तान्तरण गरेका थिए ।
पद हस्तान्तरण कार्यक्रममा लायन्स डिस्ट्रीक ३२५ पि का प्रथम डिस्ट्रीक गभर्नर बालाराम भट्टराई, द्वितिय गभर्नर लायन्स सन्दीप कसौधन, ग्याट डिस्ट्रीक लिडरहरु, डिस्ट्रीकका बिभिन्न पदमा रहेका संयोजक तथा पदाधिकारीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । पदबहाली गर्दै नव निर्वाचित गभर्नर प्रधानाङ्गले सामुहिक नेतृत्व एवं प्रयासले सफलता प्राप्त गर्न सकिने हुदा सबैलाई आफुसक्दो सहयोग गर्न र समाजमा आफु भन्दा कम अवसर प्राप्त ब्यक्तिलाई सहयोग गर्न र उनीहरुको जिवनमा हौसला प्रदान गर्न अनुरोध गरेका थिए ।
