नमस्ते नेपालद्वारा तिनाउकाे वसन्तरपुरमा वृक्षराेपण

बुटवल ,

नमस्ते नेपालले वृक्षराेपण गर्न थालेकाे छैठाैं वर्षगाँठ आईतवार तिनाउकाे वसन्तपुरमा मनाएकाे छ । संस्थापक अध्यक्ष अर्जुन खरेलकाे जन्मदिनकाे अवसर समेत पर्ने उक्त वर्षगाँठमा विभिन्न प्रजातिका गरी ५१ वटा बेर्ना राेपिएका छन् ।
उक्त वृक्षराेपण कार्यक्रमका प्रमुख अतिथि संस्थाका सल्लाहकार एवम् सामुदायिक वन समन्वय समिति,तिनाउ,पाल्पाका अध्यक्ष दलबहादुर गुरुङले भने- नमस्ते नेपालले हरियाली प्रवर्द्धनका लागि चालेकाे कदम वन,वातावरण र जैविक विविधता संरक्षणमा काेसेढुङ्गाे सावित हुनेछ । उनले थपे-युवाहरुकाे हरित क्रान्ति अभियानले कुनैदिन अवश्य नै सफलता प्राप्त गर्नेछ ।


कार्यक्रममा युवा नेता विकास बस्नेत,ईश्वर न्याैपाने,लुम्बिनी केवलकारका प्रशासन प्रमुख नवराज अधिकारी,अर्जुन खरेल,मनीष भुसाल लगायतले वृक्षराेपण अभियान सफल पार्नु सबैकाे दायित्व रहेकाे उल्लेख गर्दै यस्ताे पवित्र कर्ममा निरन्तर गतिशील हुन सबैलाई उनीहरुले अनुराेध गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै