रोट्रयाक्ट डिष्ट्रक ३२९२ अन्तरगत देशका ०३ स्थानमा जोनल कट्स (Zonal COTS) सम्पन्न ।

बुटवल ,

रोट्रयाक्ट डिष्ट्रक ३२९२ नेपाल अन्तर सनिवार  देशका ०३ स्थानहरु  काठमाडौं , भरतपुर र बुटवलमा  जोनल कट्स (Zonal COTS)  सम्पन्न भएको छ । सोहि अन्तरगत जोन १८ र जोन १९ को आयोजनामा  बुटवल स्थित क्षितिज इन्टरनेशल कलेजमा जोनल कट्स सम्पन्न गरिएको हो  जोन १८ र जोन १९ का जेडआरआर दिवस खनाल र बिदुर ज्ञवालिको संयुक्त अध्यक्षता ,रोट्रयाक्ट डिष्ट्रक बर्ष २०२४/२५ का डि आर आर बिक्रम क्षेत्रिको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै  डि आर आर  क्षेत्रिले हरेक क्लबका अध्यक्ष , उपाध्यक्ष , सचीव , कोषाध्यक्ष लगायत सम्पुर्ण पदाधिकारी एवं सम्पुर्ण  पुराना तथा नया सदस्यहरुका लागि कट्स निकै प्रभावकारि हुने र  उक्त कार्यक्रमले हरेकलाइ  आफनो काम कर्तव्य र अधिकारको विषयमा जानकार बनाउने पनि बताउनु भयो ।

बुटवलमा सप्पन्न भएको कार्यक्रममा  करिब  २६१ जना रोट्रयाक्टरहरुको सहभागीता रहेको थियो भने कट्स प्रशिक्षकको  भुमिका  बर्ष २४/२५ का लागि इलेक्ट डि आर आर दिनेश गैरे, डिष्ट्रीक सेक्रेटरी  सुबिन खड्का ,माधव पराजुली,अनुप पाण्डे,  निशान बाबु कार्की ,आबिस्कार पराजुली , सुबास के सि , आशिष सुबेदि  , नारायण भण्डारी लगायतले गर्नुभएको थियो ।

रोट्रयाक्ट क्लब अफ क्षितिज ईन्टरनेशनल कजेल र  रोट्रयाक्ट क्लब अफ लुम्बिनी बाणिज्य क्याम्पसको मुख्य आयोजना साथै रोट्रयाक्ट क्लब अफ बुटवल डाउन टाउन , बुटवल साउथ , तिलोत्तमा रुपन्देही , रोट्रयाक्ट मणिग्राम, लुम्बिनी स्टार्स , तिनाउ सिटि , बुटवल चौतारी  र  रोट्रयाक्ट क्लब अफ सेन्ट्रल रुपन्देहीको  सह – आयोजनामा जोनल कट्स सम्पन्न  भएको रोट्रयाक्ट  डिष्ट्रीक बर्ष २०२४/२५ का मिडिया समन्वय अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै