अनिल परियार
दोहा,कतार :~
अर्घाखाँची सेवा समाज कतारले आफ्नो १८औं स्थापना दिवसको साथ विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ ।
“प्रवासमा अर्घाखाँचीवासी एक हौं, नेपाली समाजका लागि सहयोग गरौं” भन्ने मुल नाराका साथ सन २००६ मा स्थापना गरिएको समाजले १८औं स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान तथा साँस्कृतिक कार्यक्रम गरि मनाउन लागिरहेको समाजका अध्यक्ष बिष्णु कुवँरले जानकारी गराए ।
आउँदो ०७ जुन २०२४ शुक्रबार बिहान ११:३० बजे बाट सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा हुने कार्यक्रममा कतार लाई कर्मथलो बनाएका सम्पुर्ण अर्घाखाँची जिल्ला बासी दाजुभाई तथा दिदिबहिनीहरु मा उपस्थितको लागि हार्दिक अनुरोध गरिएको समाजका महासचिव अनिल परियार बताउछन् ।
वैदेशिक रोजगारिको सिलसिलामा प्रवासी भुमि कतारमा रहेका जिल्ला बासीहरुको साझा संस्था अर्घाखाँची सेवा समाज कतार रहेको र समाजले जिल्ला लगायत नेपालका विभिन्न भु-भागमा भै-परि आउने प्राकृतिक प्रकोप लगायत विभिन्न सामाजिक आर्थिक कार्यहरु सक्रियताका साथ गरिरहेको छ ।
