गुल्मी जिल्लाको चन्द्रकोट गाउपालिकामा कपडा बैंक शुभारम्भ भएको छ । मंगलवार एक कार्यक्रमका बिच चन्द्रकोट गाउपालिका अध्यक्ष युबराज के.सी. को प्रमुख आतिथ्यतामा संम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष के.सी. ले यो कार्य निकै प्रसंसनीय र परोपकारी भएको हुदा गुल्मीका सम्पूर्ण पालिकाहरुमा समेत कपडा बैंक आवश्यक रहेको बताए । आज गणतन्त्र दिवसका दिन स्थापना रक्तदान कार्यक्रम र कपडा बैंक को सुरुवात गर्न पाउदा निकै खुसि लागेको बताउनु भयो भने आगामी आर्थिक बर्षमा मजुवा बजारमा समेत कपडा बैंक स्थापना गर्ने प्रतिबद्धता समेत गरे सोहि अबसरमा बोल्दै गाउपालिका उपाध्यक्ष श्री बिष्णु प्रसाद भण्डारी ले मानवीय सेवा गर्ने उद्देश्यका साथ क्लोथ बैंकको सुरुवात यस यस पालिकामा गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गरे त्यसैगरि गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताए । चन्द्रकोट गाउपालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत विभिन्न वडाका वडा अध्यक्ष सहित कपडा बैंकका अध्यक्ष कमल जि.सी. लगायतले क्लोथ बक्सको सुभारम्भ गरेका थिए ।

कपडा बैंक संचालन भएको चार महिनाको अवधिमा विभिन्न पालिकाको अनुरोध र सिफारिसमा आगलागी प्रभावित ७०० भन्दा बढी घर परिवारलाई कपडा प्रदान गर्दा साच्चिकै पुण्यको कार्य गर्न पाएकोमा कपडा बैंकका अध्यक्ष कमल जि.सी. ले सम्पूर्ण पालिकाहरुलाई धन्यवाद दिए । चन्द्रकोट गाउपालिकाको बसपार्क स्थित संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुन: प्रशोधन (रि साइकल) गरि आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एण्ड फुड बैंक नेपाल का मुख्य अभियन्ता तथा चन्द्रकोट वडा न ०२ का अध्यक्ष कमल के.सी.ले बताए ।
भविष्यमा कपडा आवश्यक पर्ने हरेक घर घरमा पुगेर कपडा वितरण गर्ने क्लोथ बैंकको लक्ष्य रहेको छ । कार्यक्रममा विभिन्न संचारकर्मी,नेपाल रेडक्रस, वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जन प्रतिनिधिहरु विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
क्लोथ एण्ड फूड बैंक नेपालले आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानीय सरकार यो अभियानमा जोडिएका छ्न ।
