सन्धिखर्कमा  पनि खुल्यो कपडा बैंक

अर्घाखाची जिल्लाको सन्धिखर्क नगरपालिकामा कपडा बैंक सुभारम्भ भएको छ । शुक्रवार एक कार्यक्रमका बिच  सन्धिखर्क जिल्ला समन्वय समिति संयोजक जिबनारायण  कोइराला ज्युको प्रमुख आतिथ्यतामा  भएको कार्यक्रममा बोल्दै  यो कार्य निकै प्रसंसनीय र परोपकारी कार्य  रहेको बताउनु हुदै सम्पूर्ण पालिकाहरुमा  समेत  कपडा बैंक आवश्यक रहेको बताउनु भयो । नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, उप – प्रमुख मिश्रा आचार्य, पत्रकार महासंघ, अर्घाखाची जिल्लाका अध्यक्ष अशोक कुमार खनाल, उधोग बाणिज्य संघका अध्यक्ष प्रदिप मिश्र लगायत विभिन्न  बुद्दिजिविहरुको  उपस्थिति ,कपडा बैंकका वरिष्ठ  सल्हाकार राजिब गौतम तथा केन्द्रिय अध्यक्ष कमल जि.सी लगायत ले एक कार्यक्रमका बीच सुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख श्रेष्ठले  क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताउनु भयो भने पालिकाहरुमा कपड़ा बैंकको स्थापनाले  आवश्कता परेका जो कोहिलाइ कपडा बितरण गर्न पनि सहयोग पुग्ने र पहाडी जिल्लामा कपडा बैंक स्थापना गर्ने पहिलो नगरपालिका बन्न पाएकोमा खुसि व्यक्त गर्नु भयो ।
सोही अवसरमा बोल्दै उप प्रमुख मिश्रा आचार्यले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस सन्धिखर्क नगरमा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गर्नु भएको थियो । कार्यक्रममा विभिन्न संचारकर्मी, वडाका  वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, जन प्रतिनिधिहरु विभिन्न बिद्यालयका अध्यक्ष, प्रधानध्यापक, शिक्षक, युवा  तथा  विद्यार्थीहरुको उपस्थिति रहेको थियो सुभारम्भ भने कार्यक्रमको संचालन क्लोथ बैंकका अभियन्ता आबिस्कार खनालले गर्नुभएको थियो ।

पछिल्लो समयमा कपडा बैंकले विभिन्न पालिकाको अनुरोध र सिफारिसमा आगोलागीबाट पिडित ६६३ घर धुरी परिवारलाई कपडा प्रदान गर्दै गर्दा  साच्चिकै पुण्यको कार्य भैरहेकोमा यो कार्यक्रमका अभियन्ता राजिब गौतमले सम्पूर्ण पालिका सरकारलाई धन्यवाद   दिनु भयो । सन्धिखर्क नगरपालिकाको शान्ति बगैचामा  संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुन: प्रशोधन (रि- साइकल) गरि आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एण्ड फुड बैंक नेपाल  अर्घाखाँची  जिल्ला संयोजक सहयोगी बि.सीले बताउनु भयो।  क्लोथ बैंकले भविष्यमा हरेक घर घरमा पुगेर कपडा वितरण गर्ने क्लोथ  बैंकको  लक्ष्य रहेको छ  ।  साथै लुम्बिनी प्रदेश महिला संयोजक गोमा सापकोटा रेग्मीले मानवीय सेवाभावले स्थापना गरिएको कपडा बैंकका शो रुममा गएर  कुनै पनि आबेदन फारम भरेर अधिकत्तम सेवा लिन समेत उहाँले आग्रह गर्नुभयो ।

क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाई कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानिय सरकार यो अभियानमा जोडिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै