नेपाल इन्भेस्टमेन्ट मेगा बैंकद्वारा क्युआर मर्चेन्टलाइ सम्मान

बुटवल ,
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले  फोनपे क्युआर मर्चेन्टलाइ सम्मान गरेको छ । शनिवार मणिग्राम  स्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा एक कार्यक्रमका बिच नया बर्ष २०८१ को अवसर पारेर समृद्धि हेयर सलुन बुटवलका संचालक मोहन ठाकुर र मैनाबगर  अटाेल्यान्डका संचालक सुदन ज्ञवालिलाइ बैंकको क्युआर मार्फत आफ्नो व्यावसायिक  सस्थामा कारोबार गरि डिजिटल बैंकिग प्रणाली प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको हो ।

  • सम्मान ग्रहण गर्दै व्यवसायिद्वय मोहन ठाकुर र सुदन ज्ञवालिले बिगत लामो समयदेखी  नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको ग्राहकको रुपमा कारोबार गर्दा हालसम्म बैंकले प्रदान गर्ने सम्पुर्ण सेवा सुबिधामा सहजता भएको र अहिलेको युग प्रबिधिकै युग भएकोले आगामी दिनमा डिजिटल कारोबारलाइ अझै बढाउदै लैजाने बताउनु भयो साथै बैंकले नया बर्षको अवसर पारि सम्मान गरेकोमा खुसि समेत व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका सम्पत्ति ,दायित्व एवं मार्केटिङ ब्यबस्थापन प्रमुख जेनु थापा , बैंकका  लुम्बिनी प्रदेश प्रमुख रमेश खड्का ,  डिजिटल बैंकिग बिभाग प्रमुख  बिश्व सिंह , लुम्बिनी प्रदेश उप- प्रमुख ज्ञानेन्द्र पन्त , डिजिटल  बैंकिग बिभागका निरज शुक्ला , सुदर्शन राज तुलाधर र  लुम्बिनी प्रदेश अन्तर्गत रहेका विभिन्न  शाखाका कर्मचारीहरुको सहभागीता रहेको बैंकका लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आबिस्कार खनालले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै