पहाडी जिल्लामा पनि क्लोथ बैंक संचालन, पाल्पाको रिब्दिकोटमा सुभारम्भ

पाल्पा जिल्लाको रिब्दिकोट गाउपालिकामा कपडा बैंक सुभारम्भ भएको छ । बिहिवार एक कार्यक्रमका बिच रिब्दीकोट गाउँपालीका अध्यक्ष नारायण बहादुर कार्की , उपाध्यक्ष कान्ता अधिकारी र प्रुमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल ले एक कार्यक्रमका बीच सुभारम्भ गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै गाउपालिका प्रमुख कार्किले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताउनु भयो भने गाउपालिकामा कपड़ा बैंकको स्थापनाले आवश्कता परेका जो कोहिलाइ कपडा बितरण गर्न पनि सहयोग पुग्ने र पहाडी जिल्लामा कपडा बैंक स्थापना गर्ने पहिलो पालिका बन्न पाएकोमा खुसि व्यक्त गर्नु भयो । सोही अवसरमा बोल्दै उपप्रमुख कान्ता अधिकारिले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस गाउपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गर्नु भएको थियो । त्यस्तै गरी प्रमुख प्रशासकीय अधिकृत ज्यु ले प्रयोगमा नआएका कपडाहरु क्लोथ बक्स मार्फत संकलन गरिने र ती कपडाहरुलाइ पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन मिल्ने गरी उपलब्ध हुने हुनाले यो कार्य निकै प्रसंसनीय र परोपकारि कार्य रहेको बताउनु भयो । कार्यक्रममा विभिन्न संचारकर्मी, वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , जन प्रतिनिधिहरु विभिन्न बिद्यालयका अध्यक्ष , प्रधानध्यापक , शिक्षक , युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो । पछिल्लो समयमा कपडा बैंकले विभिन्न पालिकाको अनुरोधमा र सिफारिसमा आगोलागीबाट पिडित ६६३ घर धुरी परिवारलाई कपडा प्रदान गर्दै गर्दा साच्चिकै पुण्यको कार्य भैरहेकोमा यो कार्यक्रमका अभिभावक महानायक राजेश हमालले सम्पूर्ण पालिकाहरुलाई धन्यवाद समेत दिनु भयो ।

पालिकाको उपयुक्त स्थानमा संकलन बक्स राखिने र संकलित कपडाहरुलाइ पुन प्रशोधन रि- साइकल गरि आवश्यकताका आधारमा वितरण गरिने क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जी.सी ले बताउनु भयो ।जि.सीले देशभरका स्थानीय सरकार तथा विभिन्‍न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे । उनले भने देशभर हाल १५ वटा कपडा बैंक संचालन गर्दा ६६३ घरधुरीलाई २/२ जोरका हिसाबले लत्ता कपडा निशुल्क प्रदान गर्न सफल क्लोथ बैकले भबिस्यमा हरेक घर घरमा पुगेर कपडा वितरण गर्ने क्लोथ बैकको लक्ष्य रहेको छ ।

मानवीय सेवाभावले स्थापना गरिएको कपडा बैंकका शोरुममा गएर कुनै पनि आबेदन फारम भरेर अधिकत्तम सेवा लिन समेत उहाले आग्रह गर्नुभयो । क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडा मुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० भन्दा बढी स्थानिय सरकार यो अभियानमा जोडिएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै