रुपन्देही , मानव सेवाका लागि देशका सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एण्ड फूड बैंक रुपन्देहीको रोहिणिमा सञ्चालनमा आएको छ। सनिवार एक कार्यक्रमका बिच रोहिणि गाउपालिकाका प्रमुख बिद्या प्रसाद यादव , उप प्रमुख शिव कान्ति चमार र प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम लगायतले संयुक्त रुपमा क्लोथ बैंकको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै गाउपालिका प्रमुख यादवले क्लोथ बैंकमा आएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न मिल्ने बताउनु भयो भने गाउपालिकामा कपड़ा बैंकको स्थापनाले बर्तमान समयमा आगलागीको कारण पीडित बनेका परिवारलाइ कपडा बितरण गर्न पनि सहयोग पुग्ने र क्लोथ एण्ड फुड बैंक नेपालको आयोजना र रोहिणि गाउपालिकाको सहकार्यमा क्लोथ बैंकको स्थापना गरिएको हो ।
सोही अवसरमा बोल्दै उपप्रमुख शिव कान्ति चमारले मानवीय सेवा गर्ने उद्देश्यका साथ यो क्लोथ बैंकको सुरुवात यस गाउपालिकामा पनि गर्न पाएकोमा क्लोथ बैंक परिवार प्रति आभार प्रकट गर्नु भएको थियो । त्यस्तै गरी प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले प्रयोगमा नआएका कपडाहरु क्लोथ बक्स मार्फत संकलन गरिने र ती कपडाहरुलाइ पुनः प्रशोधन गरी प्रयोगमा ल्याउन मिल्ने गरी उपलब्ध हुने हुनाले यो कार्य निकै प्रसंसनीय र परोपकारि कार्य रहेको बताउनु भयो । कार्यक्रममा रोहिणि गाउपालिका वडा न ०६ का वडा अध्यक्ष इन्द्रमान चौधरी , संजय गुप्ता लगायतले बोल्नु भएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु , कार्यपालिका सदस्यहरु , जन प्रतिनिधिहरु विभिन्न बिद्यालयका अध्यक्ष , प्रधानध्यापक , शिक्षक , युवा तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

क्लोथ एण्ड फूड बैंक नेपालले प्रयोगमा नआएका घरमा यत्तिकै रहिरहेका लत्ता कपडा संकलन गरी पुनः प्रशोधन गरेर आवश्यक पर्नेहरुका लागि निःशुल्क वितरण गर्ने जनाएको छ। क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जि.सीले रोहिणी गाउपालिकामा पनि कपडा बैंकको थालनी संगै आगलागी पिडितलाई लत्ताकपडा प्रदान गर्ने गरि प्रमुख जिल्ला अधिकारी ज्यु संग समन्व समेत गरिरहेको कुरा जी सी ले बताउदै देशभरका स्थानीय सरकार तथा विभिन्न संघ-संस्थालाई यो अभियानमा सहकार्य गर्न आव्हान समेत गरे। मानव सेवाको लागि प्रयोगमा नआएका कपडालाई पुनः प्रयोग भन्ने मुल नाराका साथ नितान्त मानवीय सेवाभावले स्थापना गरिएको बैंकबाट अधिकत्तम सेवा लिन समेत उहाले आग्रह गर्नुभयो । क्लोथ एन्ड फुड बैंक नेपालले हाल देशका विभिन्न स्थानमा आगलागिका कारण पीडित भएका परिवारहरुलाइ लक्षित गरि स्थानीय तहको समन्वय र सहकार्यमा पुनः प्रशोधन गरि तयार गरिएका लत्ताकपडा बितरण समेत गरिएको छ ।
क्लोथ एण्ड फूड बैंक नेपालले आगामी दुइ बर्षमा देशलाइ कपडामुक्त बनाउने र २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत संचालन गर्ने योजना बनाएको छ । अहिले सम्म १६० स्थानिय सरकार यो अभियानमा जोडिएको अध्यक्ष कमल जि.सीले जानकारी दिनुभयो । सुभारम्भ कार्यक्रम दिप्लव क्षेत्रिको स्वागत र संचारकर्मि आबिस्कार खनालको संचालनमा सम्पन्न भएको थियो।
