आगलागी पीडितहरुको सहारा बन्दै क्लोथ बैंक

नवलपरासी जिल्ला, पाल्हीनन्दन गाउँपालिका वडा न ०६ पडरि गाउमा  आगलागी हुदा  १२ सो स्थानका १२  घरपरिवारमा क्षति हुदा उक्त १२ घर परिवारका सम्पूर्णका लत्ताकपडाहरु पुर्ण रुपमा जलि नस्ट भएको अबस्थामा पाल्हीनन्दन गाउपालिकाले माग गरे बमोजिम  आगलागी भएका १२ घरपरिवारमा  रहेका महिला पुरुष, बालबालिका गरि ७३ जना लाइ पर्याप्त रुपमा पुग्ने गरि क्लोथ एन्ड फुड बैंक नेपालले  कपडा प्रदान गरेको छ क्लोथ बैंक मार्फत कपडा माग गरि वितरणका लागि   पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष श्री फातुमा खातुन अन्सारीले समन्वय  गर्नु भएको र सोहि अनुसार कपडा वितरण गरिएको क्लोथ एन्ड फुड बैंक नेपालका अध्यक्ष कमल जिसिले जानकारी दिनुभयो । क्लोथ बैंक स्थापनाको करिब ०२ महिनाकै अबधिमा  यसरि मानवीय सेवा प्राकृतिक प्रकोप  पीडितलाइ सहयोग गर्न सक्नुले क्लोथ बैंक स्थापनाको सार्थकता पुरा गर्न  सकेको उहाले बताउनु भयो । केहि दिन अघि मात्र रुपन्देही जिल्लाको  लुम्बिनी सास्कृतिक नगरपालिका, वडा.न. ०३  लंकापुर स्थित दुइ घरमा भएको आगलागी पछिको आपतकालीन  अवस्थामा २६ जनाको परिवारलाई  क्लोथ एन्ड फुड बैंक नेपालले आवश्यक लत्ताकपडा, सिरक डसना, सिरानी तथा दैनिक उपयोगका  सामग्रीहरु   वितरण गरेको थियो । हाल विभिन्न स्थानीय तहहरुले क्लोथ बैंक सग समन्वय र सहकार्य गरिरहेका छ्न ।
तपाईं हामि सग भएको प्रयोगमा नआएको लत्ताकपडाहरु कपडा बैंकमा संकलन गर्दा कसैको आवश्यकता परिपूर्ति हुने साथै आगलागी जस्तो प्राकृतिक प्रकोपका कारण समस्यामा परेका परिवारलाइ तत्कालै सहयोग गर्न सकिने , सफा नेपाल र सहयोगी नेपालीको पहिचान दिलाउन मद्दत पुग्ने र  आफ्नो घर, टोल र समाजलाई सफा राख्न सकिने जिसिले  बताउनु भयो । 
कोहि कपडा बिहिन नरहून कुनै पनि नेपालिले कपडाको अभावले नाङ्गो बस्न नपरोस  भन्ने मुलमन्त्र लाइ आत्मासाथ् गर्दै परोपकारि पुन्य कार्यमा सहभागी हुन सम्पुर्णलाइ आग्रह समेत गरिएको छ भने मानव सेवाका लागि कपडा बैंकमा जोडिनुहुने सम्पूर्णलाई धन्यवाद समेत ज्ञापन गरिएको छ   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै