हाम्रो देश नेपालमा सम्भावना नै सम्भावना रहेकाे एक कार्यक्रमका वक्ताहरूले निष्कर्ष निकालेका छन् । परिवर्तन सबैभन्दा पहिले अाफैबाट सुरू गरेमा सबै सम्भव हुनेमा उनीहरूले जाेड दिएका हुन् । शनिबार नमस्ते नेपालले तिलाेत्तमा ३ मा आयाेजना गरेकाे अब के ? कार्यक्रममा बाेल्ने वक्ताहरूले ईच्छा शक्ति र जाँगर भएमा नेपालमै राम्रो सम्भावना रहेकाे प्रष्ट पारेका छन् ।
निराशालाई आफैबाट हटाई सकारात्मक साेँच लिएर गरेका काम सफल हुने उनीहरूकाे जाेड छ ।
युवाले सम्बन्धित विषयमा दक्षता हाँसिल गर्न सके हरेक काम प्रभावकारी हुने उनीहरूले बताएका छन् । साथै त्रिभुवन विश्व विद्यालयकाे पुनर्संरचना गर्नुपर्ने उनीहरूकाे तर्क छ ।कार्यक्रममा युवा उद्यमी तथा व्यवसायी जगत बहादुर पाेखरेलले सामुहिक लगानी गर्नुपर्ने बताए । उनले युवाले काम धेरै र कुरा थाेरै गर्न आग्रह गरे ।

कार्यक्रममा बाेल्दै तिलाेत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँडले नगर सदैव युवाकै पक्षमा रहेकाे बताए । नगरपालिकका उपप्रमुख जगेश्वर देवी चाैधरीले नगरले युवा केन्द्रीत कार्यक्रममा जाेड दिएकाे प्रष्ट पारिन् । अब के ? नामक बहस तथा छ्लफल कार्यक्रममा मुख्य बक्ताको रुपमा याेजना आयाेगका पूर्व उपाध्यक्ष प्राध्यापक डा. गाेविन्द राज पाेखरेल बक्ताको रुपमा अनुसन्धानकर्ता किरण चापागाईं , त्रिभुवन बिश्वबिद्धालय केन्द्रीय विभाग उप प्राध्यापक तथा लेखक वाइपि आचार्य , युवा उद्धमी जगत बहादुर पोखरेल रहनु भएको थियो भने टुना टेक्नोलोजी बुटवलका प्रमुख कार्यकारी अधिकृत राजिव गाैतमले सहजकर्ताको भुमिका साथै अमर खत्रीले टिपोटकर्ताको भुमिका निभाउनु भएको थियो ।

करिव ३०० जनाको सहभागीता रहेको कार्यक्रममा सहभागी बाट आएका थुप्रै प्रश्नहरुको जवाफ कार्यक्रमका मुख्य बक्ता एवं बक्ताहरुले दिनुभएको थियो । कार्यक्रममा लुम्बिनी प्रदेश युवा परिषद उपाध्यक्ष गाेविन्द केसी , कार्यक्रम संयाेजक तथा नमस्ते नेपालका संस्थापक अध्यक्ष अर्जुन खरेल र स्टाेरी टेलर सुदन ज्ञवाली लगायतले आफ्ना भनाइहरु राख्नु भएको थियो ।नमस्ते नेपाल केन्द्रीय कार्यसमिति अध्यक्ष मनिश भुसालकाे अध्यक्षता रहेकाे कार्यक्रममा उपाध्यक्ष सुशील सुवेदीले स्वागत र सञ्चारकर्मी आविष्कार खनालले कार्यक्रम सञ्चालन गरेका थिए ।साे अवसरमै नमस्ते नेपालले प्रकाशन गरेको नयाँ वर्ष २०८१ सालकाे भित्तेपात्राेकाे समेत विमाेचन गरिएकाे थियाे । सो अवसरमा क्यालेन्डर प्रकाशन संयोजक , सह संयोजक एवं सस्थाका पदाधिकारी सदस्यहरुलाइ सम्मान समेत गरिएको थियो ।

