काठमाडौ :- देशकै चर्चित काण्ड मध्ये एक नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी लाई उच्च अदालत पाटनले थुनछेक विरुद्धको पुनरावेदन उपर सुनुवाइ गर्दै रायमाझी लाई थुनामुक्त गर्न अस्वीकार गरेको छ!
शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासले उक्त प्रकरणमा थुनामा रहेकाहरू मध्ये इन्द्र्जित राई, टेकनारायन पान्डे लघाएत लाइ थुनामै रहने र पुर्व उपप्रधानमन्त्री समेत रहेका रायमाझीका छोरा सन्सिप रायमाझी संगै केहीलाई धरौटीमा छाड्ने आदेश दिएको छ भने यश कान्डमा मुछिएका नेपाली काङ्ग्रेसका प्रभावशाली नेता एवम् पुर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा भने न्यायाधीशहरु बिच नै बाझिएको हुँदा सुनवाइ हुन सकेन यस्लाइ अदालत र न्यायाधीश हरुनै सत्ता र सक्तिको दबावमा परेका हुन वा अरु केहि अन्योल देखिन्छ !
एता टोपबहादुर रायमाझीका बाबुछोरा माथी मुद्दा तेर्साएर रामबहादुर थापा बादल माथी सामान्य अनुसन्धान र सोधपुछ किन हुँदैन व्यापक जनगुनासो र चासो रहेको रहेको छ ! के अब यो प्रकरणले उच्च अदालत बाटै सार्थक एवम् मुर्तरुप लेला वा सर्बोच्चमा पुग्ने हो हेर र पर्खमा भने रहने देखिन्छ !
रायमाझी थुनामुक्त नहुने सन्दीप लाई धरौटीमा रिहाईको आदेश आउँदा बालकृष्ण खाणको सुनवाइ किन बाझियो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
तपाईको प्रतिक्रिया
प्रतिक्रियाहरु (०)
